७ वैशाख २०८१ शुक्रबार
राजनीति

काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि एमालेसँग एक्लै भिड्ने हिम्मत रहेनः प्रदीप ज्ञवाली

फाइल तस्बिर।

नेकपा एमालेका उपमहासचिव एवम् सांसद प्रदीपकुमार ज्ञवालीले नेपाली काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि एमालेसँग एक्लै लड्ने आँट नरहेको बताएका छन्। यस्तै आगामी  संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको पनि बताए।

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्न । सांसद ज्ञवालीले गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरुसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुनसक्ने बताए । उनले गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम नेकपा एमालेमा नरहेको उल्लेख गर्दै आफ्नो खुट्टामा उभिएर चुनाव लड्ने बताए। उनले कमजोरले अरुको साथ खोज्ने तर बलियोले एक्लै लड्ने सामथ्र्य राख्ने बताए।

प्रकाशित: २४ श्रावण २०७९ १०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App