४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नागरिकता कुनै समुदायको विशेष कुरा होइन, सिंगै देशको साझा सवाल हो: एमाले

फाइल तस्बिर।

नेकपा एमालेले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयक टाउका गनेर पारित गरिएकोमा यसको दुष्परिणाम भोग्नुपर्ने बताएको छ। सत्ता गठबन्धनले विधेयकलाई जस्ताको तस्तै पारित गर्ने कुरा गरेकोप्रति एमालेले आपत्ति जनाएको हो।  

प्रतिनिधिसभा बैठकको छलफलमा बोल्दै नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले सन्देशसहित फिर्ता पठाएको विधेयक अरु विधेयकसरह छलफल गर्नुपर्ने कानूनी प्रावधान सम्झाउँदै प्रत्येक सदस्यले संशोधनको माग राख्न पाउनुपर्ने अधिकार कुण्ठित गर्न नहुने बताएका छन्।

‘सुधार गर्ने अवसर राष्ट्रपतिबाट दिइएको छ । सत्तापक्ष त्यसो गर्न खोजेको छैन । जस्ताको तस्तै पारित गर्ने कुरा गरेर सदनले टुंग्याउने विषय बन्द कोठामा बसेर संकुचन गर्न मिल्छ कि मिल्दैन ?, ज्ञवालीको प्रश्न थियो।

ज्ञवालीले भने, ‘यो केबल कुनै समुदाय विशेषको कुरा होइन यो त सिंगै देशको साझा सवाल हो । संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजन गर्नु किमार्थ राम्रो हुन्न । हेड काउण्ट गरेर त टुंग्याउनु होला तर जबर्जस्ती टुंग्याएर आत्मरती लिन मिल्दैन।’

प्रकाशित: २ भाद्र २०७९ ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App