coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निहारिका र नाबालक दुवैलाई तत्काल न्याय दिलाउन एमाले सांसद पालको माग

नेकपा एमालेकी सांसद निरुदेवी पालले निहारिका राजपुत र नाबालक दुवैलाई सरकारले तत्काल न्याय दिलाउन माग गरेकी छिन्।

आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पालले सरकारसँग यस्तो माग गरेकी हुन्। उनले सरकारले दोषी प्रमाण प्रशस्त हुँदा समेत नाहारिकालाई न्याय दिन नसकेको आरोप लगाइन्। सांसद पालले बलात्कार हिंसामा परेका महिलालाई सरकारले तत्काल न्याय दिनुपर्ने बेलामा सरकार हराएर खोज्नुपर्ने अवस्था रहेको बताइन्। 

उनले निहारिका नारीको अस्मितालाई खेलाउनाको रुपमा  रहेको यो समाजलाई चुनौती दिने हिम्मत गर्दै अगाडि बढेको तर राज्य न्याय दिन नसकेको दाबी गरिन्। सांसद पालले निहारिका राजपुत आफूमाथि भएको बलात्कार र बलात्कार स्वरुपमा जन्मिएको सन्तान दुवैको न्यायका लागि पटक–पटक अनसन बस्दा समेत सरकारले डिएनए परीक्षण नगर्नु पीडितलाई अझै पीडा दिनु भएको बताइन्।  उनले निहारिका र निर्मला पन्त जस्ता छोरीहरुले न्याय कहिले पाउने सरकार भन्दै प्रश्न गरिन्।

सांसद पालले अहिले महिला आफ्नै घर,समाज र बाटोमा समेत सुरक्षित नभएको दाबी गरिन्। उनले बलात्कारबाट पीडितले ढिलो न्याय पाउन नपाउनु सरह भएको भन्दै निहारिका र अवोध बालकले अहिले नपाएको अधिकार कहिले पाउने सरकारलाई प्रश्न गरिन्। सांसद पालले यस्तो संवेदनशील कुरामा सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाइन्।

प्रकाशित: २९ श्रावण २०७९ ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App