५ आश्विन २०८१ शनिबार
image/svg+xml

एमालेलाई २३ क्षेत्रमा पार्टीकै पूर्वनेताबाट चुनौती

मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई विभाजित भएर गएका नेताहरूबाटै खतरा देखिएको छ।

गुल्मी-२ बाट एमालेका गोकर्ण विष्टको उम्मेदवारी

सोही क्षेत्रबाट गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पनि उम्मेदवारी दिएकी छन्।

एमालेका नेता प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका साह नेकपा विभाजनपछि एमालेमा बसेका थिए।

अर्घाखाँचीबाट टोप बहादुर रायमाझीले गरे मनोनयन दर्ता

आयोगको कार्यतालिका अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्तासहित पुगेर रायमाझीले उम्मेदवारी दर्ता गराएका हुन्।

काँग्रेसको भन्दा तेब्बर मत बढी ल्याएर विजयी हुन्छु: महेश बस्नेत

बाजागाजासहित कार्यकर्ताको भीडलाई लिएर नेता बस्नेतले सत्ता गठबन्धनका उम्मेदवारलाई तेब्बर मतान्तरले हराउने दाबी गरे।

चितवन-२ बाट एमालेका कृष्णभक्तको उम्मेदवारी दर्ता

आइतबार दिउँसो दुई बजे मुख्य निर्वाचनको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

एमाले केन्द्रीय सदस्य बोगटीले दिए स्वतन्त्र उम्मेदवारी

बोगटीले प्रदेश सभाको टिकटको दाबी गरेका थिए। नेकपा एमालेले निवर्तमान प्रदेश सभा सदस्य बल्देव रेग्मीलाई नै उम्मेदवार बनाएपछि बोगटीले बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिनु परेको बताएका छन्।

दाङ-३ बाट कोमल वलीको उम्मेदवारी दर्ता

यस क्षेत्रमा वलीको प्रतिष्पर्धा नेपाली काँग्रेसका दीपक गिरि सँग हुने छ । यसै गरि प्रदेश सभाका लागि दाङ ३ (क) घनश्याम पण्डे र दाङ ३ (ख) बाट हुकुम बस्नेतले उम्मेदवारी दर्ता गरेका छन्।

काठमाडौँ-५ मा मेरो जीत सुनिश्चित छ: ईश्वर पोखरेल

उनले एमालेले जनताको मन जित्ने काम गरेको भन्दै आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन्।

झापा-५ बाट ओलीले गराए उम्मेदवारी दर्ता

ओली आफैं उपस्थित भएर उम्मेदवारी दर्ता गराउन हुन्। २०७४ को निर्वाचनमा ओली यस क्षेत्रबाट निर्वाचित भएका थिए।

एमालेमा तीव्र असन्तुष्टि

ठूलो पार्टी बन्ने महत्वाकांक्षासहित प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन लागेको नेकपा एमालेमा टिकट वितरणलाई लिएर तीव्र असन्तुष्टि देखिन थालेको छ।

मोरङमा एमालेले टुंग्यायो उम्मेदवार

मोरङ क्षेत्रनम्बर १ मा घनश्याम खतिवडा, प्रदेश (क) मा उमाकान्त गौतम र (ख) मा खड्ग बस्नेत छन्।

सुनसरी १ जसपालाई दिएपछि एमालेमा विद्रोह, मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिने

समाचारको सारांशएमालेले जसपासँग गठबन्धन गर्दा सुनसरी निर्वाचन क्षेत्र नं १ जसपाको पोल्टामा परेको छ। सुनसरीको ४ वटा क्षेत्रमध्ये क्षेत्र नं १ एमाले बलियो भएको क्षेत्र हो।

भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह

राजीनामा दिनेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन्।

मोरङ एमालेमा विद्रोह: जिल्ला सचिव खतिवडाले दिए पदबाट राजीनामा

खतिवडाले टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै पार्टीको जिल्ला समिति अध्यक्ष समक्ष राजीनामा दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्