५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौँ-५ मा मेरो जीत सुनिश्चित छ: ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ ५ मा उम्मेदवारी दर्ता गराएका छन्।

उनले  एमालेले जनताको मन जित्ने काम गरेको भन्दै आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन्।  उनले भने, ‘निर्वाचनमा हाम्रो विजय प्राप्त हुन्छ भन्नेमा कुनै दुविधा छैन। त्यसको आधारमा भनेको हामीले अघि सारेका विचार, गरेका काम र योजना नै हुन्। हाम्रीले जनताको मन जित्ने काम गरेका छौं।’

यसअघि २०७४ सालको निर्वाचनमा काँग्रेसका प्रकाशशरण महतलाई हराएर पोखरेल विजयी भएका थिए। अहिले काँग्रेसले युवा नेता प्रदीप पौडेललाई अघि सारेको छ।

प्रकाशित: २३ आश्विन २०७९ ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App