२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय सदस्य बोगटीले दिए स्वतन्त्र उम्मेदवारी

नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। बाजुरा जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) को टिकट नपाएपछि बोगटीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।  

बोगटीले प्रदेश सभाको टिकटको दाबी गरेका थिए। नेकपा एमालेले निवर्तमान प्रदेश सभा सदस्य बल्देव रेग्मीलाई नै उम्मेदवार बनाएपछि बोगटीले बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिनु परेको बताएका छन्। पार्टी भित्र न्याय र सम्मान नभएपछि स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्।

बोगटीको प्रस्तावका एमाले जिल्ला कमिटी सदस्य छप्कीलाल बुढा र समर्थकमा लालबहादुर बोहरा रहेका छन्। उम्मेदवारी दर्ता स्थलमा नेकपा एमाले बाजुराका उपाध्यक्ष भरत बुढा सहित नेता कार्यकर्ता सहभागी थिए। नेकपा विभाजन पछि बोगटी एमालेमै बसेका थिए।  

एमालेको चितवन महाधिवेशन पछि मनोनीत केन्द्रीय सदस्यको सूचीमा थपिएका बोगटी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चाज थिए। २०७० सालको निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनेका बोगटीले साढे ५ हजार मत ल्याएका थिए।  

उही पात्र दोहोर्याउने र नयाँलाई अवसर नदिने पार्टी भित्रको समस्या समाधानका लागि स्वतन्त्र उम्मेदवारी दिएको बोगटी निकटले बताएको छ। बोगटीले भने प्रक्रिया पछि मात्र दिने बताएका छन्। मनोनयन दर्ता स्थलमा पनि थोरै समय बिताएका बोगटी लगत्तै आफ्ना समर्थक सहित बाहिरिएका थिए।  

नेकपा एमाले केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज लेखराज भट्ट निकट मानिने बोगटीले आफू सुरक्षित नभएको महशुस गरेको बुझिएको छ। एमाले भित्र राम्रो पडक भएकोले पार्टीले बल्देव रेग्मीलाई नै टिकट दिएको बताइएको छ। रेग्मी हाल प्रदेश कमिटी उपसचिव हुन्।  

एमालेमा टिकट वितरण नमिलेको र अन्यायीपूर्ण भएको भन्दै नेताहरु प्रकाश शाह, रंगमान शाही, लालबहादुर ओली, मिनबहादुर विष्ट लगायत असन्तुष्ट बनेका छन्। प्रदेश सभाका लागि रंगमान शाही, लालबहादुर ओली र मिनबहादुर विष्टको पनि बलियो दाबी थियो।  

यता टेकबहादुर बडुवालले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। जसपा विभाजन पछि कुनै पार्टीमा नदेखिएका बडुवाल बाबुराम निकट मानिन्छन्। बाबुराम नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिताउन लागेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

दलहरुको विकल्प नै अहिलेको आवश्यकता र नेपाली जनताको माग भएकोले आफूले उम्मेदवारी दिएको बताएका छन्। यस्तै राप्रपाबाट प्रतिनिधी सभामा जंगकुमार गिरी र प्रदेश निर्वाचन क्षेत्र (ख) बाट हिमाल शाहीले उम्मेदवारी दिएका छन्। प्रदेश (क) मा भने राप्रपाबाट उम्मेदवारी परेको छैन।

प्रकाशित: २३ आश्विन २०७९ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App