भारतका सराभनन मनीले उचाले मिष्टर एसियाको उपाधी
५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तरगतको मिष्टर एसियाको उपाधी भारतका सराभनन मनीले हात पारेका छन्।
५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तरगतको मिष्टर एसियाको उपाधी भारतका सराभनन मनीले हात पारेका छन्।
ललितपुर महानगरले कुसुन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको आकाशे पुल निर्माण गर्ने भएको छ। अत्याधुनिक उक्त आकाशे पुल अपांगमैत्री हुने महानगरले जनाएको छ।
हेटौंडाबाट ९५ हजार रुपैयाँ नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले रौतहट जिल्लाको कटहरिया नगरपालिका ६ नम्बर वडाका १९ वर्षका धर्मेन्द्र महरा, कटहरिया नगरपालिका १ का २१ वर्षका दिपेश दास र मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका २ नम्बर वडाका ४० वर्षका विजय तामाङलाई पक्राउ गरेको हो ।
आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ।
आइसिएफसी फाइनान्सले धुलिखेलको आगन्तुक रिसोर्टसँग व्यावसायिक सम्झौता गरेको छ।
एसियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्टस् कम्पिटिसन २०२२/२३ का विजेता विद्यार्थीको नाम घोषणा गरेको छ।
मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन्।
गत बैशाखमा आयोजित सातौं पोखरा स्पोर्टस अवार्डबाट खेलकुद पत्रकार मञ्च गण्डकीले एकलाख रुपैयाँ बचत गरेको छ। मञ्चले सार्वजनिक गरेको आयव्यय अनुसार एकलाख ११ हजार रुपैयाँ बचत गरेको हो।
५२ वर्षअघि अर्थात् २०२८ सालमा जारी भएको शिक्षा ऐन विस्थापित हुने गरी सरकारले विद्यालय शिक्षासम्बन्धी हालसम्मका कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विधिवत् रूपमा अघि बढाएको छ।
वर्ल्डलिंकले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ।
राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन्।
सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ।
मर्चेन्ट बैंक र प्रभु क्यापिटलले आफ्ना सेवाग्राहीका लागि ‘लोयल्टी पोइन्टस’ र ‘रिफरल स्किम’ योजना सार्वजनिक गरेको छ।
हिमालय कलेजको आयोजनामा प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिता भोदेखि हुने भएको छ।
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ।