२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हिमालयमा बास्केटबल र फुटसल भोलिदेखि

हिमालय कलेजको आयोजनामा प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिता भोदेखि हुने भएको छ।

बास्केटबलतर्फ ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ टिमको सहभागिता रहने हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारीले जनाएका छन्।खेल नकआउट आधारमा हुनेछ।

नकआउट पद्धतिमै हुने फुटसलमा ८ ब्वाइज टिमले प्रतिस्पर्धा गर्ने छन्।खेल कोटेश्वरस्थित आयोजक हिमालयकै हातामा हुनेछ।

दुवै खेलमा पहिलो हुने १० हजार तथा दोश्रोले ५ हजार नगद पुरस्कारका साथै छात्रवृत्ति प्राप्त गर्ने छन् । पहिलो र दोश्रो हुने टिमका सदस्यलाई ७५ प्रतिशत छात्रवृत्ति दिइने छ।सहभागी टिमका प्रत्येक सदस्यलाई पनि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ।प्रतियोगिता शुक्रबारसम्म चल्ने छ।

प्रकाशित: १३ असार २०८० १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App