३ आश्विन २०८१ बिहीबार
image/svg+xml

जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार जलेश्वर कारागारका कैदी जिल्ला कै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी बस्ने २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य अस्पतालबाट फरार भएका छन्।

इलाम कारागारबाट कैदी फरार

कैदी–बन्दीले कारागारभित्रै तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएको महिना दिन नबित्दै इलाम कारागारबाट १ कैदी फरार भएका छन्।

ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी

जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन्।

कैदीबन्दी बिरामीलाई न उपचार न पोषण

केन्द्रीय कारागारका एक हजार दुई कैदीबन्दीले अहिले चिकित्सकको निगरानीमा नियमित औषधि सेवन गर्छन्। सात सय ग्राम मोटा चामल र ६० रुपैयाँले छाक टार्नुपर्ने अवस्थामा कैदीबन्दी छन्। बिरामीले भने सामान्य कैदीबन्दीले भन्दा १० प्रतिशत बढी रुपैयाँ पाउँछन्। यसले पोषणयुक्त खानेकुरा र सहज उपचारको प्रबन्ध गर्न कठिन छ।

डेढ महिना अघि फरार भएका कैदी पक्राउ

उपचारका क्रममा डेढ महिनाअघि अस्पतालबाट फरार भएका २ जना कैदीमध्ये एक जनालाई प्रहरीले झापाबाट बिहीबार पक्राउ गरेको छ।

उदयपुरका ६२ कैदीबन्दीले मतदान गर्न पाउने

आसन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावमा उदयपुरका ५ दर्जन बढी कैदीबन्दीेले मतदान गर्न पाउने भएका छन्।

मोरङमा एक कैदीको मृत्यु

मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेको मानबहादुर खपांगीको मृृत्यु भएको छ। तेह्रथुमको आठराई गाउँपालिका–४ घर भएका ५४ वर्षीय खपांगीको उपचारका क्रममा मंगलबार साँझा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको कारागारका निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए।

दुई फरार कैदीबन्दी फेला परेनन्

जबरजस्ती करणीमा कैद भुक्तान गर्दै गरेका र लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका २ जना फरार भएका हुन्।

महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग

तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ। महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो।

रोल्पा घटनाले सिकाएको पाठ: बल्ल कैदीबन्दीलाई फोटोसहितको परिचयपत्र

गत जेठ ४ गते रोल्पा कारागारको शौचालयमा एक कैदी झुन्डिएको अवस्थामा फेला परे। कारागार कार्यालयका अनुसार ती कैदी सुर्खेतको बराहताल गाउँपालिका–१ का २७ वर्षीय विजयविक्रम शाह थिए। हातहतियार तथा खरखजाना मुद्दामा पाँच वर्ष कैदको सजाय भुक्तान गर्दै थिए।

ठाउँ अभाव हुँदा आलोपालो सुत्छन् कैदीबन्दी

जाजरकोट कारागारमा ठाउँको अभाव हुँदा कैदीबन्दी आलोपालो सुत्ने गरेका छन्। बीस कैदीबन्दी अट्ने ठाउँ रहेको कारागारमा ५४ कैदीबन्दी राख्दा व्यवस्थापनमा समस्या उत्पन्न भएको हो।

सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी

सुर्खेत जिल्ला कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ। पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राखिएको छ।

झुम्का कारागारमा झडप हुँदा २५ जना घाइते

नौं वर्षअघि १२ जना सुरुङ खनेर कैदीबन्दी भागेपछि जेल प्रशासन र चौकीदारको तालमेलले गर्दा पूर्णरुपमा शान्त प्रदेश नं. १ कै ठूलो कारागार झुम्कामा बुधबार दिउँसो झडप हुँदा २५ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्