५ मंसिर २०८१ बुधबार
image/svg+xml

मापसे गर्ने शिक्षकलाई सरसफाईको सजाय

पटकपटक मादक पदार्थ सेवन गरेर आउने शिक्षकलाई जिल्ला शिक्षा कार्यालय खोटाङले कार्यालय सरसफाइ गर्ने सजाय दिएको छ। सुध्रिनका लागि पटकपटक चेतावनी दिँदा र राजीनामा माग्दा समेत मादक पदार्थ सेवन गरेर विद्यालय आउन नछाडेपछि सदरमुकाम दिक्तेलस्थित सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मीनबहादुर खत्रीलाई जिल्ला शिक्षा कार्यालय सरसफाइ गर्ने सजाय दिइएको हो।

महोत्सवमा दर्शक तताउँदै कलाकार

पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको पाल्पा महोत्सवमा राष्ट्रिय लोकगायक तथा गायीकाहरुले महोत्सव अवलोकनकर्तालाई नचाएका छन्। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष रहेका पशुपति शर्माले गीत गाउँदै दर्शकसँग नाचेर स्थानीयहरुलाई मनोरञ्जन प्रदान गरे।

रहेनन् वरिष्ठ कलाकार रामशेखर नकर्मी

वरिष्ठ कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको सोमबार निधन भएको छ। उपचारको क्रममा बिहान ६ बजे भक्तपुर क्यान्सर अस्पतालमा उनको निधन भएको हो। क्यान्सरबाट ग्रस्त उनी अस्पतालमा उपचाररत थिए। फागुन ८ गते आइतबार उनी अस्पताल भर्ना भएका थिए।

नागरिक शिक्षा सिकाउने कला

नागरिक शिक्षाले आपसमा मिलेर बस्न, सामूहिक कार्य गर्न, सहिष्णुता र सहयोग बढाउन अन्तरसंस्कृतिबीच समन्वय ल्याउन सिकाउँछ।

आयोजकलाई हराउँदै पुलिस फाइनलमा

जुमानु राईले खेलमा लय समातेपछि आयोजक धरान नीलोलाई ३–१ गोलअन्तरले हराउँदै नेपाल पुलिस क्लब १९औं बूढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

तेल चोर्ने चालकलाई ‘उन्मुक्ति’ दिन दबाब

पेट्रोलियम पदार्थ ढुवानी गर्ने करिब सात सय चालक ट्यांकर मालिक भएका छन्। तिनै चाकलले तेल चुहावट रोक्न नेपाल आयल निगमले संशोधन गरेको ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३’ प्रति असहमति जनाएका छन्।

हस्तकलाका स्टलमा आकर्षण

दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको प्रवेशद्वारमा देखिन्छ मुस्कान लोगो भएको हस्तकलाबाट निर्मित विभिन्न सामग्री। अवलोकनकर्ताहरु प्रवेशद्वारको उक्त स्टलमा आँखा अल्झाएपछि मात्रै अन्य स्टलतिर लम्किन्छन्। उक्त स्टलमा कोठा, बैठक कोठा, घर सजावटका विभिन्न हस्तकलाबाट निर्मित सामग्री राखिएका छन्।

शशिकलालाई चार वर्षको जेल सजाय

आम्दानी भन्दा बढि सम्पत्ति कमाएको र आरोपमा भारतको दक्षिणी राज्य तामिल नाडुकी सत्तारुढ पार्टीकी नेत्रृ एंव भावी मुख्य मन्त्री दावेदार शशिकलालाई भारतीय सर्वोच्च अदालतले दोषी ठहराएको छ।

तीन पुस्ता जोड्ने कला प्रदर्शनी

नेपालका पुराना कलाकार जीवरत्न शाक्यका चित्र प्रायः कमैले देख्न पाउँछन्। उनको निधनपछि त उनका कला हेर्न चाहनेले पनि पाएका छैनन्। त्यस्तै उमेरले ८४ काट्दै गरेका कलाकार गेहेन्द्रमान अमात्यका कला नयाँ–पुराना पुस्ता सबैले मन पराउँछन्।

यात्रुसेवा शुल्कलाई नाफा भन्दै छलछाम

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बोनस ऐनविपरीत तथा यात्रु सेवा शुल्कलाई नाफा भन्दै 'बोनस' बाँड्ने निर्णय गरेको तथ्य फेला परेको छ।

कुकलाई राहत मिल्ने स्ट्राउसको विश्वास

इङल्यान्डको टेस्ट कप्तानीको जिम्मेवारीबाट सोमबार राजीनामा दिए पनि एलेस्टर कुकले देशबाट अझै केही वर्ष खेल्न बाँकी रहेको पूर्व कप्तान एन्ड्रयु स्ट्राउसले बताएका छन्।

तमिलनाडुमा जयललिताको जिम्मेवारी शशिकलालाई

शशिकला नटराजन दक्षिण भारतीय राज्य तामिल नाडुको मुख्य मन्त्री बन्ने भएकी छिन्। प्रभावशाली महिला नेत्रृ एंव मुख्यमन्त्री जयललिताको मृत्युपछि सो पदमा उनकै सहयोगी शशिकला स्थापित हुन लागेकी हुन्।

कौशल देखाउँदै कलिला कलाकार

एक दिन विमलकी फुपूले गाउँबाट आमाबाबु नभएको बालक भोला लिएर सहर आउँछिन्। भोलालाई देखेर विमल र एउटी बैनीले निकै जिस्काउँछन्। तर, सानी बैनी भने भोलालाई माया गर्छिन्।

भियतनामी कला प्रदर्शन

साठी वर्षे भियतनामी कलाकार डेङ केनका प्रिन्ट चित्रको प्रदर्शनी राजधानीस्थित अरुपण आर्ट ग्यालरीमा सुरु भएको छ। प्रदर्शनीको उद्घाटन शुक्रबार उद्योगी राजेशकाजी श्रेष्ठले गरे। एक दर्जनभन्दा बढी चित्र प्रदर्शनीमा राखिएका छन्।

सत्यकलालाई ‘एक्लो बनायो हङगकङ आइडी’ले

गायीका सत्यकला राईले खोटाङका श्रोता र समर्थकलाई छमछमी नचाएकी छन्। लामो समयसम्म जन्मथलो नआएकी गायीका राईलाई हलेसी सामुदायीक रेडियोको आठौँ बार्षिकोत्सवले दिक्तेलसम्म डोर्‍याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्