कलिला बालबालिकालाई कला सिकाउँदै कोरीयाली प्रोफेसर
कोरोनाको विश्वव्यापी महामारीले आक्रान्त समयमा ‘विश्वका लागि प्रार्थना’ गरौ भन्ने सन्देश दिन विद्यार्थीले एक्रेलिक, क्रेपर्स र पानी रङको माध्यमबाट आफ्ना अभिव्यक्ति दिएका छन् ।
कोरोनाको विश्वव्यापी महामारीले आक्रान्त समयमा ‘विश्वका लागि प्रार्थना’ गरौ भन्ने सन्देश दिन विद्यार्थीले एक्रेलिक, क्रेपर्स र पानी रङको माध्यमबाट आफ्ना अभिव्यक्ति दिएका छन् ।
राजधानीको ठमेलस्थित काठमाडौं गेस्ट हाउसको तल्लो भाग (अन्डरग्राउन्ड)मा रहेको म्युजियम अफ नेपाली आर्ट (मोना) नेपाली कलालाई नयाँ आयाम दिन लागि परेको छ । सोमबार मोनाले ‘लेट्स डिस्कभर’ नामक कार्यक्रमको आयोजना गरेर विश्वसामु नेपाली कला र कलाकारहरूलाई परिचित गराउन लागि परेको जानकारी गराएको थियो ।
शास्त्रीय कलादेखि समसामयिक कला, आधुनिक वा उत्तर आधुनिक, लोककला वा हस्तकलामा कुनै समाज आएकै हुन्छ। कहिले यो संस्कारको एक अभिन्न अंग भएर देखापर्छ, कहिले धर्मको एक अंग, कहिले सामाजिक सवालको सन्दर्भमा वा कहिले राजनीतिका मुद्दामा देखापर्छ। यिनै कलाको माध्यमबाट मान्छेले आफ्नो भाव र विचारलाई सञ्चारित गरिरहेका हुन्छन्।
सन् १९६२ मा भएको चारवटा एकल कला प्रदर्शनीलाई विशेष रूपमा लिनुपर्ने हुन्छ । किनकि यहीँबाट एकल कला प्रदर्शनी गर्ने लहड चलेको देखिन्छ । सम्भवतः यहीँबाट हरेक कलाकारले एकल कला प्रदर्शनी गर्नैपर्छ भन्ने एक संस्कार पनि बसेको देखिन्छ । यी चार कलाकारमा लैनसिंह बाङदेल, उत्तम नेपाली, उर्मिला गर्ग उपाध्याय र विजय थापा थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई संकटमा धकलेको राष्ट्रिय सभाका सदस्यहरूले बताएका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदहरूले प्रधानमन्त्रीले सनकको भरमा प्रतिनिधिसभा भंग गराएर राष्ट्रलाई संकटको दिशातर्फ लगेको आरोप लगाए।
कलाकारले जमिनमा खाल्टो खनी ध्यानमग्न बुद्धको मूर्ति गाडिदिएका थिए। एकातिर बम र गोलाकोे थुप्रो कलाको अर्को पाटो थियो। कलाकारले जिउँदो परेवालाई कसेर चारैतिरबाट तनक्क ताने। यसपछि देखिएको परेवाको छटपटीलाई उनले जमिनमा खाल्टो खनी यसैमाथि राखे।
हास्य कलाकार मनोज गजुरेलले पूर्वपत्नी मिना ढकालविरुद्ध कानुनी उपचार रोज्ने निधो गरेका छन्। दोस्रो विवाहको तयारीमा जुटिरहेका उनले सामाजिक सञ्जालमार्फत पूर्वपत्नी ढकालले झुटा आरोप लगाएर विभिन्न माध्यमबाट गाली बेइज्जत गरी मानसिक तनाव दिने क्रम जारी राखेको जनाउँदै कानुनी उपचार खोज्न लागेको उल्लेख गरेका हुन्।
नेपालजस्तो सानो मुलुकको कला पनि पश्चिमी कलाको सूचकमा निर्देशित भएर बन्न थाले। लोककला यसै मान्यताबाट बन्दै जाँदा अहिले समसामयिक कलामा मात्र होइन, लोककला र परम्परागत कला पनि फरक ढंगबाट सिर्जित हुन थालेका छन्। यस्तो अवस्थामा मौलिकताको खोजीमा थप जटिलता थपिन गएको छ।
सुरुसुरुमा नेपाल छाडेर अमेरिका आउने कलाकारलाई पलायनवादी भनिन्थ्यो र अराष्ट्रिय तत्वकै रूपमा चित्रण गर्ने गरिन्थ्यो। पछिल्लो समयमा त्यो तहको गाली गर्न भने छाडिएको छ।
कलाको मूल्यको सन्दर्भमा अलि पढे–लेखेकाले ‘एस्थेटिक्स जजमेन्ट’का सन्दर्भ निकाल्छन् । अलि कम जानकार राख्नेले ‘कमिसन वर्क’ कम मूल्यका हुने गर्छन् भन्ने तर्क निकाल्छन् । एस्थेटिक्सको अर्थ कलामा सौन्दर्यता रहनुपर्छ भन्ने हो । तर बुझिने गरी सौन्दर्यताको आयतन, परिवेश र विशेषता भने कतै उल्लेख छैन ।
दीक्षितका सबैजसो पुस्तक अंग्रेजीमा छन् । नेपाल र नेपालीबारे अंग्रेजीमा लेखिएका किताबको कमी पूरा गर्न यसबाट सघाउ पुगेको छ । विदेशीले (र अचेल त विदेशिएका नेपाली र तिनका छोराछोरीले समेत) यसबाट गतिलै लाभ उठाउन सक्छन् ।
ललितकला क्षेत्रको महत्वपूर्ण चाडको मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’लाई व्यवस्थित गर्न यसपालि कार्यविधि नै बनाएर लागू गरिएको छ।
मैथिल समुदायमा चाडपर्व, संस्कारको एक अंग बनेको यो कला विशेषतः महिलाले स्वस्फूर्त रूपमा निर्माण गर्छन् । नेपालमा पश्चिमी शैली र प्रवृत्तिबाट निर्देशित कलाका औपचारिक स्कुल खुल्न थालेपछि कलाकारहरू यस्ता ज्ञान र सीप लिन बढी उद्वेलित भए ।
प्रकृतिको यो भयानक रूप मानवको उपयोगी कसरी बन्न सक्छ भनी चिन्तन गर्दा मानवमा विचारभन्दा पनि भावना अगाडि बढेको देखिन्छ। जहाँ तर्क र विचारको समाप्ति हुन्छ, त्यहाँ विश्वास र भावनाको पृष्ठभूमिमा धर्मको जन्म हुन्छ। यही यस्ता विचार, विश्वासलाई आम मानवमा विस्तारित गर्न कला उपयुक्त माध्यम बन्यो।
कलाकार स्वयंको वैचारिक धरातल, समसामयिक घटनाको यथेष्ट ज्ञान, निजी विद्रोही स्वभाव, दरिलो आँट, क्षमता र प्रतिभा हुन सकेन भने उसको कलामा विद्रोहको भावना देखिँदैन।