२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

ललितकला प्रदर्शनी व्यवस्थित गर्न कार्यविधि

ललितकला क्षेत्रको महत्वपूर्ण चाडको मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’लाई व्यवस्थित गर्न यसपालि कार्यविधि नै बनाएर लागू गरिएको छ। राष्ट्रिय महत्वको कार्यक्रम भएकाले एकरुपता दिन ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ बनाएर लागू गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) ले जनाएको छ। हरेक वर्षको वैशाख २ गते उक्त प्रदर्शनी हुँदै आएको छ।

यस वर्षको प्रदर्शनी भने कोभिड–१९ का कारण प्रभावित बनेको थियो। औपचारिकरुपमा नभए पनि अनलाइन माध्यमबाट कार्यक्रम गरिएको नाफाका कुलपति कान्छाकुमार (केके) कर्माचार्यले जानकारी दिए। ‘प्रदर्शनी हचुवाका भरमा नहोस्, सधैँ एकरुपता कायम होस् भनेर कार्यविधि बनाइ लागू गरिएको हो’, कर्माचार्यले भने ‘अब यही नियम, मापदण्ड र कार्यविधिअनुसार नै प्रदर्शनी सञ्चालन हुनेछ, जसले कार्यक्रमको गरिमा थप बढ्ने विश्वास लिएका छौँ।’ उनले प्रदर्शनीलाई थप पारदर्शी बनाउँदै प्रणालीको विकास गर्न विधा प्रष्ट हुने गरी कार्यविधि बनाइएको स्पष्ट पारे। 

नेपाली ललितकलाको संरक्षण सम्वद्र्धन र प्रवर्दनका लागि बनेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को परिच्छेद २ को दफा ५ (ट) मा व्यवस्था भएअनुसार राष्ट्रिय ललितकला प्रदर्शनीको सञ्चालन र व्यवस्थापन गर्न बनेको नियमावली, २०६८ को नियम ५७ अनुसार कार्यविधि बनाएर लागू गरिएको हो।

हालै जारी गरिएको कार्यविधिले यसपटक ग्राफिक्स कम्युनिकेशन विधा थप गरी स्पष्टरुपमा विधा तोकेको छ। सोही आधारमा हरेक वर्षको कला प्रदर्शनी सञ्चालन हुनेछ। कार्यविधिमा परम्परागत चित्रकला, आधुनिक चित्रकला समसामयिक चित्र तथा प्रिन्ट मेकिङ (कला), परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला, लोककला (विभिन्न जातजातिका संस्कार, संस्कृति तथा भूगोलमा आधारित स्थानीयकला), हस्तकला÷शिल्पकलाको विधा छुट्याइएको छ।

यस्तै वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत वास्तुकला (शास्त्रीय) र अन्य सिर्जनात्मककलातर्फ प्रतिस्थापन तथा भावभङ्गी कला, ग्राफिक्स कम्युनिकेशन (मौलिक, दृष्टान्तकला, कार्टुन, पोष्टर, डिडिटल कला) तथा सिर्जनात्मक छवीकला र सिर्जनात्मक भिडियो कला समावेश गरिएको छ। प्रदर्शनका लागि एक वर्षभित्रै रचना गरिएको कलाकृति हुनुपर्ने छ। माध्याम जुनसुकै भए पनि मान्य हुने कार्यविधिमा उल्लेख छ। कलाकार भने १८ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने छ।

बढीमा दुई थान कलाकृति बुझाउनुपर्ने, विधागत प्रादेशिकरुपमा पुरस्कृत गरिने, कलाकार दुई विधामा सहभागी भए पनि पुरस्कार भने एक विधामा मात्रै पाइने व्यवस्था गरिएको छ। प्रदर्शनीमा सहभागी हुने कलाकृतिको आकारसमेत तोकिएको छ। सोहीअनुसार आएका कलाकृति मात्रै मान्य हुनेछ।

विधागतरुपमा राष्ट्रिय तथा विशेष पुरस्कार, प्रादेशिक पुरस्कार वितरण गरिने छ। चित्रकलातर्फ आधुनिक र परम्परागतमा एकरएक जनालाई राष्ट्रिय र दुईरदुई जनालाई विशेष पुरस्कार प्रदान गरिने छ। मूर्तिकलातर्फ ९परम्परागत र आधुनिक० मा तथा हस्तकलारशिल्पकला एवं लोककलातर्फ पनि सोहीअनुसार विधागतरुपमा नै पुरस्कार प्रदान गरिने छ तर तोकिएको विधागमा भने कम्तीमा पाँच कलाकारको सहभागिता अनिवार्य गरिएको छ।

वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ दुई जनालाई राष्ट्रिय ललितकला पुरस्कार र चार जनालाई विशेष पुरस्कार प्रदान गरिने छ। यस्तै राष्ट्रिय ललितकला लेखन पुरस्कार, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार तथा प्रादेशिक पुरस्कारसमेत वितरण हुनेछ।

प्रदर्शनीका लागि एक मूल आयोजक समिति गठन हुनेछ। त्यसको मातहतमा रहेर कार्यकारी समिति तथा उपसमिति गठन हुने छन्। सबैको काम, कर्तव्य र अधिकारसमेत स्पष्ट तोकिएको छ। कार्यविधि तयार भएसँगै आगामी वर्षको कला प्रदर्शनीमा सहभागी हुन माघ ३० गतेभित्रमा आआफ्ना कलाकृति बुझाउन नाफाले सार्वजनिक सूचना जारी गरी अनुरोध गरेको छ।
रासस

प्रकाशित: २५ कार्तिक २०७७ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App