१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जसपा नेपाल छोडेर वीरगञ्जका मेयर पनि एमाले प्रवेश

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह नेकपा एमालेमा प्रवेश गरेका छन्।

गएराति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा गएर उनले एमाले प्रवेश गरेका हुन्। नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्साका संयोजक प्रभु हजाराका अनुसार सिंहलाई अध्यक्ष ओलीले खादा लगाएर एमाले प्रवेश गराएका हुन्।

यसैगरी, वीरगञ्ज महानगरपालिकाका सात जना वडाध्यक्षहरू पनि प्रमुख सिंहसँगै एमालेमा प्रवेश गरेका छन्। प्रमुख सिंह एमालेमा प्रवेश गरेपछि आज ठूलो संख्या जसपाका लगायत अन्य पार्टीमा रहेका वडाध्यक्षहरु वीरगञ्जमा आयोजना हुने कार्यक्रममा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन्। यसैगरी अन्य निकायमा निर्वाचित भएका केही पदाधिकारी पनि आज पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जिल्ला सचिव महेश दासले जानकारी दिए।  

यसैगरी पूर्वमन्त्री एवं प्रदीप यादव पनि एमालेमा प्रवेश गरेका छन्।

उपेन्द्र यादव नेतृत्वका जसपा नेपालसँग पार्टी एकीकरण भएको दुई हप्तामा नै शीर्ष तहका नेताहरूले सो पार्टी त्यागेर एमाले प्रवेश गरेका छन्। हजाराका अनुसार यादवलाई एमालेले पर्सा १ मा एमालेले उम्मेदवार बनाउने भएको छ। भने जसपाकै अर्का नेता एवं जसपा नेपालका नेता इश्तियाक राईले बाँके २ मा एमालेले उम्मेदवार बनाउने भएको छ।

प्रकाशित: ५ माघ २०८२ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App