२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

फोनपेका विजेतालाई उपहार हस्तान्तरण

फोन पे ले ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्दा आईफोन १३ जित्ने मौका’ योजनाको बिजेता घोषणा गरेको छ। बिजेता अनुप सिकर्मीलाई आइफोन १३ मिनी हस्तान्तरण गरिएको छ।

एउटा बच्चाको खोप अर्काेलाई लगाउँदा...

चिकित्सकको लापरबाहीका कारण कान्ति बाल अस्पतालले एक पीडित बालकलाई ३० लाख रूपैयाँ क्षतिपूर्ति भराउनुपर्ने भएको छ।

सरकार जनतालाई सुशासन दिन लागिपरेको छ : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार जनतालाई सुशासन दिन लागि परेको बताएका छन्।

गलत खोप दिएको मुद्धामा पीडितलाई तीस लाख क्षतिपूर्ति दिन कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापर्बाही गरेको मुद्दामा रु ३० लाख क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ।

कर्णालीको सुखद सन्देश

कर्णाली प्रदेश अस्पतालले यतिखेर काठमाडौँमा गरिने मिर्गौला प्रत्यारोपण गर्छ।अप्थाल्मोलोजी, न्युरो सर्जरी र स्पाइनल सर्जरी सेवा उपलब्ध गराउँछ। अक्सिजन प्लान्टसँगै पाइप लाइन जडान पनि गर्छ।

वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष

वीर अस्पतालले थप शैय्या र सुविधासहित विशिष्ट कक्ष सञ्चालन गरेको छ । नयाँ सर्जिकल भवनमा तीन शैय्या थप गरेर सुविधा सम्पन्न कक्ष सञ्चालनमा ल्याइएको हो।

आइजिआई इन्स्योरेन्स र माया मेट्रो अस्पतालबीच सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र धनगढीको माया मेट्रो अस्पताल बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।

ज्यानमारा अस्पतालको बिगबिगी

प्रसूति व्यथा लागेपछि गत भदौ २४ गते नैना अस्पतालमा भर्ना भएकी जनकपुरधाम उपमहानगर–१२ हनुमाननगरकी विद्याकुमारी मण्डल घर फर्कन सकिनन्। सुत्केरी भएलगत्तै पाठेघरबाट भएको अत्यधिक रक्तस्राव उनको मृत्युको कारण बन्यो।

कालीकोटको सरुवा अस्पताल नसार्न अदालतमा रिट

कालीकोटको सरुवा रोग अस्पताल अन्यत्र नसार्न माग गर्दै आज उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता भएको छ।

जनकपुरको सुरक्षा अस्पतालमा महिलाको मृत्यु भएपछि चिकित्सक फरार

जनकपुरस्थित जनकपुर सुरक्षा अस्पतालमा एक महिलाको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–१५ कपलेश्वरकी ३५ वर्षीया सोनिया साहको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो।

लहान अस्पतालमा रेविजविरुद्धको खोप अभाव

लहान अस्पतालमा पछिल्लो नौ दिनयता रेविजविरुद्धको खोप अभाव भएपछि बनैँताजस्तै अन्य बिरामी महङ्गो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन्।

संघीयतालाई बलियो बनाउन निष्पक्ष सभा सञ्चालन गर्नुपर्छ: अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संघीयतालाई बलियो बनाउनका लागि राष्ट्रिय सभा अध्यक्ष र सभामुखहरूले निष्पक्ष भएर सभा चलाउनुपर्ने बताएका छन।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक नियुक्ति अन्योलमा

क्यान्सर अस्पतलामा वैशाख २४ गतेदेखि कार्यकारी पद खाली छ। यसअघि अस्पताल सञ्चालक समितिले समेत पूर्णता पाउन सकेको थिएन। असार २६ गते ६ जना स्वास्थ्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गरेको छ।

मेथिनकोट अस्पतालको सेवा विस्तार

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालको सेवा विस्तार गरिएको छ।अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा लागेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्