२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आयुर्वेद शिक्षण अस्पतालमा वृक्षारोपण

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

पोखरा महानगरका प्रमुख भन्छन्: फेवातालको सरसफाई सबैको ड्युटी

हिउँद लाग्नै थाल्दा फेवातालमा जलकुम्भी देखिन थालेको छ। वर्षायाममा देखिने जलकुम्भी यतिबेला दशैंको छेकोमा परेको पानीले मौलाउन शुरु भएको हो। जलकुम्भी झार न्युनिकरणको लागि महानगरपालिकाले केहीदिन यता अभियान नै शुरु गरेर सरसफाई गरेको छ।

ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा परेको छ।

फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त

वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन्। आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन्।

पर्वत अस्पतालमा डेङ्गु परीक्षण गर्न कीट अभाव

अस्पतालमा कीट अभाव हुँदा डेङ्गुका लक्षण देखिएका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल तथा पोखरा र बागलुङ जान बाध्य भएका छन्।

भरतपुर क्यान्सर अस्पतालमा एक वर्षमा छ हजार बढी बिरामी

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ हजारभन्दा बढी क्यान्सरका नयाँ बिरामी देखिएका छन्।

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा ३ सय बेडमा स्तरोन्नति हुने

आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ (साविक वडा नं. ९) मा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्थापना गरिएको थियो।

अस्पतालमा शय्याको अभाव हुँदा उपचारमा समस्या

दैनिक बिरामीको चाप बढ्न थालेपछि कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुन थालेको छ। ५१ शय्याको अस्पतालमा दैनिक पाँच सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

पहिलो पटक गिडिदह पुगेर फर्कियो सरकारी टोली

जुम्लाकै ठूलो ताल तर पूर्वाधार अभावले पहिचान हुन नसकेको गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवर्द्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनियरहरु, स्थानीय तथा पत्रकारहरुको टोली पुगेको हो।

सर्लाहीको चक्रघट्टामा ७ सय २५ जनाको निःशुल्क आँखा परीक्षण

सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा स्थानीय जनशक्ति युवा क्लब चक्रघट्टा ५ पडरियाले चक्रघट्टा बजारमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा ठूलो संख्यामा आँखाका बिरामीको उपस्थिति रहेको थियो।

काबुलको मस्जिद नजिकै विस्फोट, चारजनाको मृत्यु

राजधानी काबुलमा आकस्मिक अस्पताल सेवा सञ्चालन गर्ने गैरसरकारी संस्था, इमर्जेन्सीले विस्फोटमा परी १४ जना हताहत भएको जनाएको छ। 'तीमध्ये चार जनाको अस्पताल पुग्नु पहिले नै मृत्यु भइसकेको थियो,' इमर्जेन्सीले ट्वीटरमा भनेको छ।

रारातालको गहिराइ नाप्न सुरु

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालको गहिराइ नाप्न थालिएको छ। रारातालको गहिराइ, लम्बाइ, चौडाइ, तालको पानीको गुणस्तर तथा शुद्धता र खोलानालाबाट तालमा मिसिने पानीको ल्याब टेस्ट गर्ने गरी रारातालको सर्वेक्षण सुरु गरिएको हो।

अर्थको बेवास्ताले चाडपर्वमा चिनी महँगो

अहिले बजारमा चिनी किलोको १ सय १० रूपैयाँमा बिक्री भैरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कर छुटमा ५० हजार मेट्रिक टन चिनी खरिदको लागि अनुमति मागेको भए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि बजारमा चिनी महँगिने भएको हो।

बैतडीमा घर भत्किँदा एकको मृत्यु

माटोको छानो भएको घर एक्कासी सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्