७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

भरतपुर क्यान्सर अस्पतालमा एक वर्षमा छ हजार बढी बिरामी

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ हजारभन्दा बढी क्यान्सरका नयाँ बिरामी देखिएका छन्। सन् २०२१ मा अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये ६ हजार ६३ जना क्यान्सर रोग पुष्टि भएको हो। क्यान्सर अस्पतालमा १ लाख ६४ हजार ५९५ बिरामी उपचारका लागि आएका थिए। त्यसमध्ये ४७ हजार ३ सय ४२ जना नयाँ बिरामी आएको क्यान्सर अस्पतालले जानकारी दिएको छ। बाँकी बिरामी पुनः परीक्षणका लागि आएका हुन्। भरतपुर क्यान्सर अस्पतालमा ७७ जिल्लाबाट नै उपचार गर्न आएको छन्। यस्तै १ हजार ८ सय ४० भारतीय नागरिकले उपचार सेवा लिएका छन्।  

नयाँ थपिएका बिरामीमध्ये महिला बढी छन्। ३ हजार ३ सय ७१ जनामा महिलामा क्यान्सर रोग पुष्टि हुँदा २ हजार ७ सय २ जना पुरुष रहेका छन्। एक बर्षमा नयाँ थपिएका क्यान्सरका बिरामीमा सबैभन्दा बढी फोक्सोका बिरामी रहेका छन्। त्यसपछि महिलाको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, रक्तक्यान्सर, पेट, हड्डी, पित्तथैली, मुख, अंडाशय, मलाशय, गलगार्ड लगायतका ठाउँमा क्यान्सर देखिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ। महिलामा पाठेघरको मुख, स्तन, पित्त थैली, अंडाशसय, गलगाडमा बढी क्यान्सर हुने गरेको देखिएको छ। पुरुषमा फोक्सो, रगत, मुख, ओरोफेरिक्स, मलायसमा बढी क्यान्सर हुने गरेको छ।  

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक बर्षमै आठ सय ५५ जनामा फोक्साको क्यान्सर पुष्टि भएको छ। फोक्सोको क्यान्सर हुनेमा पुरुष बढी छन्। महिलाभन्दा पुरुषले बढी मध्यपान तथा धुमपान गर्ने भएकाले पुरुषमा फोक्सोको क्यान्सर देखिने गरेको क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम बताउँछन्। ४ सय ८८ जना पुरुषमा फोक्सोको क्यान्सर भेटिँदा ३ सय ६७ जना महिलामा फोक्सोको क्यान्सर देखिएको छ।

महिलाको पाठेघरको मुखको क्यान्सरको अवस्था पनि भयाभह नै देखिन्छ। एक बर्षको अवधिमा ७ सय ४८ जनामा पाठेघरको मुखको क्यान्सरका बिरामी थपिएका छन्। यो क्यान्सर रोग मध्ये १२ दशमलव ३४ प्रतिशत रहेको छ। स्तन क्यान्सर हुने बिरामीको संख्या पनि उल्लेखनीय छ। ६ सय ३५ ३५ जनामा स्तन क्यान्सर देखिएको छ। त्यसमध्ये पुरुषमा १७ रहेका छन्। ३ सय ७० जनालाई रक्त क्यान्सर भएको छ। रक्तक्यान्सर हुनेमा महिलाभन्दा बढी पुरुष बढी छन्। क्यान्सर अस्पताल आएका मध्ये २ सय १४ जना पुरुषमा भेटिँदा १ सय ५६ जना महिला रक्त क्यान्सर भएको छ।  

३ सय ५१ जनालाई पेटको क्यान्सर भएको छ। पेटकको क्यान्सर हुने पनि पुरुष बढी छन्। १ सय ९३ पुरुष र १ सय ५८ जनामा महिला छन्। ३ सय १९ जनालाई हड्डीमा क्यान्सर देखिएको छ। २ सय ५८ जनामा पित्त थैली, २ सय ५३ जनामा मुखको क्यान्सर, २ सय ११ जनामा ओरोफेरिक्स क्यान्सर देखिएको छ।  

क्यान्सर रोग सबै उमेर समूहका मानिसलाई देखिको छ। सबैभन्दा धेरै ३५देखि ६५ बर्ष उमेर समुहका मानिसलाई क्यान्सर देखिएको छ। त्यसमध्ये ५५देखि ५९ उमेर समूहका बिरामी धेरै छ। यो समुहका ७ सय १५ जनालाई क्यान्सर पुष्टि भएको छ।

त्यस्तै ६० देखि ६४ उमेर समुहका ७ सय १, ६५ देखि ६९ उमेर समूहका ६ सय ३३, ५० देखि ५४ उमेर समुहका ६ सय ७९, ४५ देखि ४९ उमेर समूहका ५ सय ६२ जनालाई क्यान्सर देखिएको छ। ४ वर्षभन्दा मुनिका ४२, ५ देखि ९ वर्षसम्मका ७७, दशदेखि १४ बर्षका ९२ जना, १५ देखि १९ वर्ष उमेर समूहका ९०, २० देखि २९ उमेर समूहका १ सय ४६, ३० देखि ३४ उमेर समूहका २ सय ९९, ३५ देखि ३९ वर्ष उमेर समुहका ४ सय ३ जनामा क्यान्सर रोग पुष्टि भएको छ।  

नेपालमा वार्षिक २५ हजारको हाराहारीमा क्यान्सरका बिरामी थप हुने गरेको चिकित्सकको भनाई छ। त्यसमध्ये ५० प्रतिशत बिरामी अस्पतालसम्म आउने गरेको क्यान्सर अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्माले बताउँछन्। ‘नेपालमा अधिकांश बिरामीको अस्पतालको पहुँच बाहिर रहेको हाम्रो अनुमान छ,’ उनले भने ‘नयाँ थपिने बिरामीमध्ये ५० प्रतिशतमात्रै विभिन्न अस्पतालमा पुग्ने गरेका छन् ।’ उपचारमा आएकामध्ये ७० प्रतिशत बाल क्यान्सर निको हुने गरेको उनले बताए। समयमै बिरामी अस्पताल आउने हो भने अधिकांश क्यान्सर रोग निको हुने उनको भनाइ छ। ‘पहिलो स्टेजका बिरामी ७५ प्रतिशतसम्म निको हुन्छन्।

दास्रो स्टेजमा आएका बिरामी ६० प्रतिशतसम्म र तेस्रो स्टेजका बिरामी २५देखि ३० प्रतिशतसम्म निको हुने गरेका छन्,’उनले भने, ‘चौथो स्टेजमा आएका बिरामीको उपचार सम्भव छैन। तर, टिट्मेन्ट गरेर आयु लम्ब्याउन सकिन्छ ।’ अधिकांश बिरामी अन्तिम चरण पुगेपछि अस्पताल आउने गरेको उनले बताए। 

प्रकाशित: १२ आश्विन २०७९ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App