coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिद्धार्थद्वारा नारायणी अस्पताललाई सहयोग

सिद्धार्थ बैंकले वीरगञ्जस्थित नारायणी अस्पताललाई ५५ लाख रूपैयाँ सहयोग गरेको छ। बैंकले सम्झौतापत्रमा हस्ताक्षर गरी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि उक्त आर्थिक सहयोग प्रदान गरेको हो।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र नारायणी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधान र राउण्ड टेबल नेपालका तर्फबाट संस्थाका नेशनल प्रेसिडेन्ट राहुल अग्रवालले उक्त सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन्।

बैंकबाट प्राप्त सहयोग रकम नारायणी अस्पतालको विरामीहरूका लागि निमार्णधीन भवनको सिभिल, फिनिसिङ तथा थप संरचना बनाउने कार्यका लागि उपयोग गरिने अस्पतालले जनाएको छ। सो सहयोगबाट बिरामीहरूलाई व्यवस्थित ढङ्गबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मदत पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २७ आश्विन २०७९ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App