१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

स्वर्णविजेतालाई पोखराको १५ हजार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो पदकका रूपमा फेन्सिङका विजय अधिकारीले कांस्य पदक जितेका छन्। उनले कांस्य पदक जितेको भोलिपल्टै पोखरा महानगरपालिकाले खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा गरेको छ।

व्यक्तिगत विधामा स्वर्ण पदक जित्ने खेलाडीलाई प्रोत्साहनस्वरूप नगद १५ हजार रूपैयाँ प्रदान गरिनेछ। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बिहीबार बिहान खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा गर्दै थोरै रकम भए पनि महानगरपालिकाले खेलाडीलाई उत्साहित र प्रोत्साहित गर्ने प्रयास गरेको बताए।

घोषणा अनुसार व्यक्तिगत विधामा रजत पदक विजेता खेलाडीलाई १० हजार र कांस्य पदक जित्ने खेलाडीलाई ५ हजार रूपैयाँ प्रोत्साहन पुरस्कार दिइनेछ। टिम इभेन्टतर्फ भने स्वर्ण विजेतालाई जनही ५ हजार प्रदान गर्ने समेत महानगरपालिका खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पोखरा महानगरबाट दुई सयभन्दा बढी खेलाडीहरू विभिन्न खेलमा सहभागिता रहेको महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले बताए। ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजित प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ। दुई खेल प्रदर्शनी गरिनेछ। 

प्रकाशित: २७ आश्विन २०७९ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App