१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कामनपाले तोड्यो अखिल क्रान्तिकारीले लगाएको ताला

काठमाडौं महानगरपालिकाले आफ्नो शिक्षा शाखामा लगाएको ताला तोडेको छ। बिहिबार नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले कामनपाको शिक्षा शाखामा अनिश्चितकालको लागि तालाबन्दी गरेको थियो।

कपिलवस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय

९६ अंकका साथ मुलुक मै उत्कृष्ठ बनेको कपिलस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय गरिएको छ। गत बैशाख ८ गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदको निर्णयले सो निर्णय गरेको हो।

किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

अस्पतालले सोमबार कलेजो ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिका, वडा नम्बर ६ निवासी दम्पतीको प्रत्यारोपण गरेको हो।

सिद्धार्थ बैंकद्वारा आँखा अस्पताललाई आर्थिक सहयोग

सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ।

संघीयताले फेरिएको भवानीयापुर

बाँकेको राप्तीसोनारी गाउँपालिका–३ भवानीयापुरका मनवीर चौधरीका अनुसार संघीयता आउनुअघि बाटो हिलाम्मे हुन्थ्यो।

पर्यटकीय क्षेत्र ‘कौडे लेक’मा पुग्न पदमार्ग

पछिल्लो समय पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटक समेत सो लेकमा पुग्न थालेका छन्। गाउँपालिकाले सिग्दी गाउँबाट करिब तीन किलोमिटर पदमार्ग निर्माण गरेको छ।

महालक्ष्मी बैंकद्वारा लगानीकर्तालाई धन्यवाद

महालक्ष्मी विकास बैंकको ऋणपत्र निष्कासन तथा बिक्री समय अवधि अगावै पूर्ण रूपमा बिक्री भएकोमा बैंकले सम्पूर्ण संस्थागत तथा व्यक्तिगत लागानिकर्ताहरूलाई धन्यवाद प्रकट गरेको छ।

राष्ट्रपति पौडेल अस्वस्थ

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा थप समस्या आएपछि मंगलबार फेरि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्।

नदीको स्वच्छता

युनिसेफ र विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार चारमध्ये एक जना आफ्नो घरमा सुरक्षित रूपमा व्यवस्थित पिउने पानीको अभावमा छन् र विश्वको लगभग आधा जनसंख्या उचित रूपमा व्यवस्थित सरसफाइ नभएका ठाउँमा बस्छन्।

सिद्धार्थ बैंक र हेल्थ केयर अस्पतालबीच सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र नेपालगञ्जस्थित श्री हेल्थ केयर अस्पताल तथा प्रसुति गृहबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

पोखरामा तुवाँलो: बढ्दैछन् बिरामी

यतिबेला पोखराका अस्पतालमा बिरामी थपिएका छन्। निजी क्लिनिकमा आफुखुसी औषधि किनेर उपयोग गर्ने पनि उत्ति नै रहेको क्लिनिक संचालकले बताएका छन्। स्वास्थ्यकर्मीका अनुसार अहिले अधिकांश बिरामी रुघाखोकीका छन्। नाक पिरो भयो, आँखा पोल्यो, रुघा लाग्यो, घाटी खसखस ग¥यो भन्ने बिरामी पर्याप्त हुन थालेका छन्।

इलामको मेलामा ठेलमठेल हुँदा तीन जना गम्भीर, ठूलो संख्यामा घाइते

इलाम सदरमुकामको ठूलो टुँडिखेलमा चलिरहेको मेलामा ठेलमठेल हुँदा ठूलो संख्याका मानिस घाइते भएका छन्। इलाम अस्पतालमा उपचाररत १५ घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले बाहिर रेफर गरिएको छ।

लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्दै

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटामा २१ करोड लागतको लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको छ। ठेक्का लागेका १३ महिना पछि बुधवार देखि बिधिवत रुपमा अस्पताल भवनको निर्माण कार्य सुरु भएको हो। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले बिधिवत रुपमा पूजापाठ गरी जगमा इँटा राखेर भवन निर्माणको शिलान्यास गरेका हुन।

कपिलवस्तु अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा

कपिलवस्तुका अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। अस्पतालको फार्मेसी फाँटमा कार्यरत महिला कर्मचारीले फार्मेसीका इन्चार्ज महेश रानाभाट र अस्पतालका डाक्टर तथा सुचना अधिकारी गणेश क्षेत्री विरुद्ध मुद्दा दिएकी हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्