३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

कामनपाले तोड्यो अखिल क्रान्तिकारीले लगाएको ताला

काठमाडौं महानगरपालिकाले आफ्नो शिक्षा शाखामा लगाएको ताला तोडेको छ। बिहिबार अखिल क्रान्तिकारीले कामनपाको शिक्षा शाखामा अनिश्चितकालको लागि तालाबन्दी गरेको थियो।  

कामनपाका मेयर बालेन शाहले ताला फोड्दै गरेको भिडियो सामाजिक संजालमा राखेर ताला तोडेको जानकारी दिएका हुन्।  

उनले भनेका छन्, 'एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौ।'

उनल दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भएको पनि बताएका छन्। 'विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यस माथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो।' उनले लेखेका छन्।

काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै बिहिबार नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले महानगरको शिक्षा शाखामा ताला लगाएको थियो। बिहीबार सो संगठनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला संयोजक मिमबहादुर ऐडीको नेतृत्वमा गएको विद्यार्थीको समूहले तालाबन्दी गरेको हो।

प्रकाशित: १५ वैशाख २०८० ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App