४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कालो कारोबार

खासगरी विदेशी वस्तु नेपाली नाममा भारतमा पठाएर निश्चित नाफा लिनुमा एउटा विषय भन्सार दरको अन्तर हो भने अर्को भारतले अधिकांश नेपाली वस्तु निर्यातमा दिएको भन्साररहित सुविधाको दुरूपयोग हो।

रोकिएको कांग्रेस अधिवेशन सुरु

क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा रोकिएको नेपाली कांग्रेसका तल्लो तहका अधिवेशन शनिबारबाट सुरु भएको छ। प्रदेश नम्बर २ को सर्लाही, पर्सा र रसुवाबाहेकका जिल्लामा शनिबार वडा अधिवेशन सुरु भएको हो। १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन सुरु भएका अन्य जिल्लाको पनि प्रक्रिया रोकिएको थियो।

नागढुङ्गा सुरुङमार्गमा जग्गाको विवाद समाधान हुँदै

सडक यातायातमा नयाँ आयामका रुपमा रहेको सुरुङमार्ग निर्माणमा जग्गा प्राप्ति अवरोधका रुपमा रहेको थियो। अरु विवाद रहेका जग्गामा मात्रै जग्गा अधिग्रहण बाँकी रहेको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।

सरकार न्यायालयभित्रको विवाद समाधान होस् भन्ने पक्षमा छः गृहमन्त्री खाँण

गृहमन्त्री खाँणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भिर रहेको उल्लेख गर्दै सरकार सो समस्या छिटो समाधान होस् भन्ने पक्षमा रहेको प्रष्टयाएका हुन्।

कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो।

गठबन्धन कायम रहने वा नरहने भन्नेमा अहिल्यै भन्न सकिन्न: काँग्रेस नेता महत

स्वतन्त्र न्यायपालिकामा हाल देखिएको समस्या चाँडै अन्त्य हुनुपर्ने बताउँदै प्रधानन्यायाधीसले संविधान विपरीत कार्य गरेको भन्ने कुनै प्रमाण नभएकाले अहिलेसम्म सरकारले कुनै हस्तक्षेप नगरेको दावी गरे।

पूर्वराष्ट्रपतिको टिप्पणीः न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री बेलायत भ्रमणमा निस्किनु राष्ट्रकै बेइज्जत

पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

सामान्य विवादले गयो ज्यान

नाँचगानका क्रममा सामान्य विवाद हुँदा एक युवकले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा टीकापुर नगरपालिका–८ कालिमाटीका १८ वर्षका अनुप साउँद रहेका छन्। प्रहरीका अनुसार उनको भजनी नगरपालिका–३ ठेकीपुरका १९ वर्षका किरण साउँदले प्रहार गरेको चक्कु लागेर ज्यान गएको हो।

धरानमा नेकपा एमालेको दुई कमिटी घोषणा

नेकपा एमाले धरान उपमहानगर कमिटीको विवाद नमिले पछि छुट्टाछुट्टै अधिवेशन गरेको दुई समूहले आ-आफ्नो पक्षको कमिटी घोषणा गरेको छ।

राजीनामा नदिए देशभर आन्दोलन: बार

नेपाल बार एसोसिएसनले न्यायपालिकामा विवाद आउनुमा राजनीतिक दल जिम्मेवार रहेको ठहर गरेको छ। बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई अविलम्ब पदत्याग गर्न आग्रहसमेत गरेको छ।

अब न्यायाधीश पुनर्नियुक्तिका लागि तयार हुने कि ?

नियुक्ति, भागबण्डा र न्यायसम्पादनमा देखिएका विकृति र विसंगतिले न्यायालय थिलोथिलो बनेको अवस्थामा पुनर्नियुक्तिको बाटो खोलिने गरी हिम्मतका साथ सुधारका लागि नेतृत्व लिन ढिला भइसकेको छ । अब सानातिना सुधारले न्यायालय सुध्रिने अवस्था छैन। त्यसैले न्यायाधीशको पुनर्नियुक्ति जस्तो मुख्य शल्यक्रिया नै अबको विकल्प हो।

बेथितिका संवाहक

संवैधानिक निकायमा भाग खोजेको, मन्त्री बनाउन आफ्ना उम्मेदवार दिएको र राजदूत तथा अन्य नियुक्तिसमेतमा नाम जोडिएपछि न्यायालय विवादको भुमरीमा परेको छ।यो स्थितिबाट न्यायालयलाई बाहिर निकाल्न अब उनको बहिर्गमनमात्र विकल्प देखिएको छ। यही स्थितिमा न्यायालय अगाडि बढ्न सक्ने स्थिति छैन।

वडा अधिवेशन अघि सुनसरीमा एमाले कमिटीको आधिकारिकता विवाद

नेकपा एमालेको वडा अधिवेशन आउन एक दिन मात्र बाँकी छ, तर सुनसरी जिल्लामा भने कुन कमिटी आधिकारिक भन्ने विवाद समाधान हुनुको साटो झन् चुलिर्दै गएको छ।

पार्टी नेतृत्वमा पुग्न पौडेलको कसरत

संस्थापन इतर पक्षबाट सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालालाई मिलाएर आफू सभापति हुने कसरतमा रामचन्द्र पौडेल जुटेका छन्। प्रकाशमान र शेखरलाई उपसभापति तथा शशांकलाई प्रधानमन्त्री बनाउने पौडेलको योजना छ।

स्पन्ज आइरनको महसुल विवाद: अध्ययन गर्न कार्यदल गठन गर्दै अर्थ मन्त्रालय

स्टिल उद्योगको कच्चा पदार्थ स्पन्ज आइरन र तयारी बिलेटको भन्सार महसुल र अन्तःशुल्क दर हेरफेरका कारण उत्पन्न बहसबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न अर्थ मन्त्रालयले राजस्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्