८ वैशाख २०८१ शनिबार
राजनीति

पूर्वराष्ट्रपतिको टिप्पणीः न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री बेलायत भ्रमणमा निस्किनु राष्ट्रकै बेइज्जत

पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी समेत गरे। ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आईतबार काठमाडौंमा एक कार्यक्रममा बीच विमोचन गर्दै उनले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नु पर्दैन? भनेर सरकारलाई प्रश्न गरे।

कानुनमन्त्री सो समस्या समाधान गर्न सक्दैनन भन्दै पूर्व राष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँर्‍याएको बताए। उनले सारा न्यायाधीशहरु, नेपाल बार, कानुनविद्हरु एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरुमाथि प्रश्न समेत तेस्र्याए।

पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। उनले संविधानमा नभएको संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन्। पूर्व राष्ट्रपति यादवले संविधानको कार्यान्वयन गर्न दलहरु गम्भीर नभएकोमा चिन्ता समेत व्यक्त गरे।

प्रकाशित: १४ कार्तिक २०७८ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App