३० वैशाख २०८१ आइतबार
image/svg+xml

भारतमा किसान आन्दोलन, आजपनि सरकारसँग वार्ता

विभिन्न मागसहित भारतको राजधानी दिल्लीसँग जोडिएका सीमानाकामा जम्मा भएका किसान र सरकारबीच आज पनि वार्ता हुने भएको हो।

हिमपातले किसान उत्साहित

म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेको पात्लेखर्कमा हिमपात भएको छ। बुधबार हल्का वर्षासँगै पात्लेखर्कसहित माथिल्लो क्षेत्रमा यो सिजनको पहिलोपटक हिमपात भएको हो।

आज हर्षोल्लासका साथ उधौली मनाइँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदै आएका छन्।

असिनाले अन्नबाली नष्ट

बैतडीको पुर्चौडी नगरपालिकाकाका विभिन्न वडामा परेको असिनापानीले अन्नबाली नष्ट गरेको छ । पाक्नै लागेको गहुँ, जौ, तरकारी, फलपूmल लगायतका अन्नबाली नष्ट गरेको किसानहरुले बताएका छन् । असिनाले नगरपालिकाको वडा नं.१, २, ३, ४, ८ मा बढी क्षति पुर्‍याएको स्थानीय किसान रामबहादुर धानुकले बताए ।

बाजुरामा असिनाले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित

असिना पानीले जिल्लाको तल्लो भेगका अधिकांश गाउँमा लगाएको अन्नबाली चुटेर नष्ट पारेको छ। करिब एक घण्टा समयसम्म परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारीलाई चुटेर नष्ट पारेको हो। जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको पहिलो साताबाट जौ बाली भित्र्याउने गरेका छन्।

फौजी किराले अन्नबाली सखाप

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा फौजी किराको आतङ्क फैलिएपछि कृषक चिन्तित बनेका छन्।

जनजीवन प्रभावित, अन्नबाली सखाप

धनगढी / बझाङ -  सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगमा बुधबार हिमपात भएको छ। सुदूरपश्चिम प्रदेशका बझाङ, दार्चुला, बाजुरा, अछाम, बैतडी, डोटी र डडेल्धुरामा हिमपात भएको हो। यी जिल्लाका विभिन्न बस्तीमा यसपालि पटक–पटक हिमपात भइरहेको स्थानीयले बताएका छन्। सुदूरपश्चिमका बस्तीहरूमा लगातार यति धेरैपटक हिमपात भएको दुई दशकयताकै पहिलोपटक भएको स्थानीयको भनाइ छ। मंसिर २६ बाट सुरु भएको हिमपात पटकपटक गरी अहिलेसम्म जारी छ।

बाँदर समात्न खोटाङ आइपुगे भारतीय सिकारी

बाँदर समात्न भारतको उत्तरप्रदेशबाट खोटाङ झिकाइएका सिकारीलाई स्थानीयले स्वागत गरेका छन्। अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर समात्न भारतको खुसीनगरबाट आएका नौ सिकारीलाई शुक्रबार दिक्तेलमा सम्मान गरिएको हो।

गाउँले लालपुर्जाविहीन

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जमिन छैन। घरअगाडिको प्रशस्त जमिनमा मिहिनेतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्किल पर्छ। कारण, उब्जनीको ६० प्रतिशत अन्नबाली तल्सिङलाई बुझाउनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्