१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

असिनाले अन्नबाली नष्ट

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाकाका विभिन्न वडामा परेको असिनापानीले अन्नबाली नष्ट गरेको छ । पाक्नै लागेको गहुँ, जौ, तरकारी, फलपूmल लगायतका अन्नबाली नष्ट गरेको किसानहरुले बताएका छन् । असिनाले नगरपालिकाको वडा नं.१, २, ३, ४, ८ मा बढी क्षति पुर्‍याएको स्थानीय किसान रामबहादुर धानुकले बताए ।

पाक्नै लागेको गहुँबालीमा असिनापानीले व्यापक क्षति पुर्‍याएको स्थानीय काशी लुहारले जानकारी दिए । असिनाले गहुँबाली, तरकारीबाली र फलफूल खेतीमा व्यापक क्षति पुर्‍याएपछि भोकमरी हुने चिन्ता बढेको उनले बताए । हावाहुरीसँगै आएको असिनापानीले अन्नबाली सखाप पारेपछि स्थानीय किसान चिन्तित बनेका छन् ।

किसानले लगाएको अन्न बर्सेनि असिनापानी, बाढीपहिरो, जंगली जनावरले नष्ट गर्न थालेपछि पछिल्लो समय धेरै किसानले अन्न लगाउन छोडेका छन् । खेतीयोग्य जमिन सडक,  घरघडेरी र बाँझो छोडन थालेपछि खेतीयोग्य जमिन मासिँदै गएको छ ।

 

प्रकाशित: ११ वैशाख २०७७ ०५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App