चाडवाड नजिकिएसँगै गैरकानुनी गतिविधि बढ्दो
राजमार्गमा गुड्ने सबैखाले सवारी साधनको कागजात, यान्त्रिक अवस्था, यात्रु संख्या, भाडादर, ओभर लोड, गाडीको गतिलगायतको विशेष निगरानी गरिँदैछ।
राजमार्गमा गुड्ने सबैखाले सवारी साधनको कागजात, यान्त्रिक अवस्था, यात्रु संख्या, भाडादर, ओभर लोड, गाडीको गतिलगायतको विशेष निगरानी गरिँदैछ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २० जना कोरोना संक्रमणमुक्त हुँदा १ सय ६८ जनामा संक्रमित थपिएका छन्। ८ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४८ र १ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले वर्षाका कारण क्षतिग्रस्त सडक र पुलको निर्माण कार्य सुचारु गर्न निर्देशन दिएको छ।
भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ। भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।
यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ३ सय ५२ पुगेको छ। जिल्लामा ४ हजार ३ सय २ जनामा कोरोना परिक्षण गर्दा १ हजार ९ सय १८ जनामा संक्रमण भेटिएको हो।
सार्कोजी फ्रान्सका दोस्रो राष्ट्रपति हुन् जसलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहराइएको छ। २०११ को सुरुमा पूर्व राष्ट्रपति ज्याक चिराकलाई भ्रष्टाचारको मुद्दामा दुई बर्षको जेल सजाय सुनाइएको थियो। यद्यपि चिरक पेरिसको मेयर हुँदा उनीमाथि भ्रष्टाचारको आरोप लगाइएको थियो।
गएको १,५०० वर्षमा पृथ्वीमा भएका प्रमुख महामारी, युद्ध, राजनीतिक संघर्ष र परिवर्तनहरूको दृकपंचांगअनुसार अध्ययन गर्दा ती अधिकांश घटना आकाशमा शनि र गुरु ग्रह एकै राशि अथवा एकै नक्षत्रमा युति वा परस्पर आमुन्ने–सामुन्नेको नक्षत्रमा, राशिमा भएका बेला वा त्यसको अघि वा पछिको एकदमै नजिकैको समयमा भएको देखिन्छ।
संघीय राजधानीलाई मध्यपूर्वी पहाड र तातोपानी नाका हुँदै छिमेकी चीन जोड्ने अरनिको राजमार्गको तामाघाट–धुलिखेल खण्डको एउटा लेन ‘अधिक भार बोकेर आउने सवारी’ का कारण ध्वस्त बनेको छ।
संघीय राजधानीलाई मध्यपूर्वी पहाड र तातोपानी नाका हुँदै छिमेकी चीन जोड्ने अरनिको राजमार्गको तामाघाट–धुलिखेल खण्डको एउटा लेन ‘अधिक भार बोकेर आउने सवारी’ का कारण ध्वस्त बनेको छ।
भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोनाभाइरस विरुद्ध रुसले तयार पारेको 'स्पुतनिक भी' खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताएका छन्।
पछिल्लो २४ घन्टामा थप ६५ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लाका आइसोलेसन सेन्टरबाट पछिल्लो २४ घन्टामा ६५ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।
अरनिको राजमार्ग बाढीपहिरोले अवरुद्ध हुँदा उत्तरको मुख्य व्यापारिक नाका तातोपानीबाट हुने आयात सातादेखि ठप्प भएको छ । नाका भित्रिसकेका करोडौँ मूल्यका सामाग्री तातोपानीमै रोकिएका छन् ।
सोमबार एकैदिन ३ सय ७० जना कोरोना संक्रमणबाट निको भएका छन् । निको भएका उनीहरु देशभरिका बिभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । निको हुनेमा ३२ जना महिला र ३ सय ३८ जना पुरुष रहेका छन् । सोमबार निको भएकासहित निको हुनेको संख्या २ हजार १ सय ४२ जना पुगेका छन् । ती मध्येमा १ सय ६१ महिला र १९ सय ६१ पुरुष छन् । एकैपटक धेरै जना डिस्चार्ज भएको पहिलो पटक रहेको यस अघिका तथ्यांकले औल्याएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोसँग भेटवार्ता गर्ने बारेमा विचार गरिरहेको बताएका छन्। आइतबार प्रकाशित राष्ट्रपति ट्रम्पको अन्तर्वार्तामा उनले भेनेजुएलाका विपक्षी नेता पूरै विश्वासिला नभएको संकेत गरेका छन्।
प्रतिष्ठानले ललितकलाको क्षेत्रमा योगदान दिएका शंकरनाथ रिमाल र सन्तकुमार शाक्यलाई एक लाख रूपैयाँसहित ‘राष्ट्रिय अरनिको सम्मान’ बाट सम्मान गर्ने भएको छ । यस वर्षको ‘राष्ट्रिय ललितकला पुरस्कार’ सात जना कलाकारहरूलाई प्रदान गरिने भएको छ ।