१५ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

संक्रमण दर भन्दा निको हुने दर बढ्दै

रोल्पामा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ३ सय ५२ पुगेको छ। जिल्लामा ४ हजार ३ सय २ जनामा कोरोना परिक्षण गर्दा १ हजार ९ सय १८ जनामा संक्रमण भेटिएको हो।  

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १८ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भईसकेको छ। जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म १ हजार ५ सय ४८ जनाले कोरोना जितेका छन्।  

केहि दिन यता कोरोना संक्रमणको दर घट्दो क्रममा गएको देखिन्छ। गत साता देखि रोल्पामा संक्रमण घट्दै गए पछि बजार क्षेत्रहरुमा अलि चहलपहल पनि बढ्दै गएको छ। निषेधाज्ञा भए पनि सोमबार देखि सदरमुकाममा पसलहरु दिनभर खुलेका थिए।

प्रकाशित: ७ असार २०७८ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App