coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल सजाय

पूर्व फ्रान्सेली राष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएको छ। सार्कोजीलाई न्यायाधीशलाई घूस दिएको आरोप लगाइएको छ। यो मुद्दामा उनीसँग उनका दुई वकिलहरु पनि छन्।  

यद्यपि तीन वर्ष मध्ये दुई वर्षको सजाय निलम्बित हुने बताइएको छ। यस्तो अवस्थामा उनले एक वर्ष जेलमा बिताउनुपर्नेछ। गत वर्षको अन्त्यमा उक्त मुद्दा १० दिनको लागि सुनुवाइ भएको थियो। उनलाई भ्रष्टाचार र कार्यालयको दुरुपयोगको आरोप छ।

सार्कोजीका वकिल र उनको पुरानो साथी थेरी हर्जोग र सेवानिवृत्त मजिस्ट्रेट गिल्बर्ट इजबर्टले पनि आफूमाथि लगाइएको आरोपलाई खारेज गरेका छन्। उनलाई पनि तीन बर्षको जेल सजाय सुनाइएको छ। २०१२ को राष्ट्रपति चुनावमा कालो धन प्रयोग गरेको आरोपमा  १३ जनालाई लगाई सार्कोजी यस महिना अर्को मुद्दाको सामना गर्नुपर्नेछ।

निकोलस सार्कोजी २००७ देखि १२ सम्म फ्रान्सका राष्ट्रपति थिए ६६ वर्षे सार्कोजीलाई २०१४ मा सूचनाको बदलामा एक वरिष्ठ मजिस्ट्रेटलाई घूस दिन खोजेको आरोप लगाइएको थियो। सार्कोजीलाई चुनाव अभियानमा नियम भन्दा बढी पैसा खर्च गरेको आरोप समेत लगाइएको थियो। उनले मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीशबाट केही जानकारी मागेका थिए र बदलामा उनलाई ठूलो पदको प्रस्ताव गरेका थिए।

सार्कोजी फ्रान्सका दोस्रो राष्ट्रपति हुन् जसलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहराइएको छ। २०११ को सुरुमा पूर्व राष्ट्रपति ज्याक चिराकलाई भ्रष्टाचारको मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको थियो। यद्यपि चिरक पेरिसको मेयर हुँदा उनीमाथि भ्रष्टाचारको आरोप लगाइएको थियो।

प्रकाशित: १८ फाल्गुन २०७७ ०५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App