६ आश्विन २०८१ आइतबार
image/svg+xml

दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन नेपालमा

जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ।  विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने विभागका महानिर्देशक डा ऋषिराज शर्माले जानकारी दिनुभयो । “दक्षिण एशियामा यस्तोखालको वातावरणमैत्री भवन अहिलेसम्म कसैले बनाएको छैन, बनाउँदा बनाउँदै अरु कसैले बनायो भने मात्र हो नत्र हामी नै हौँ पहिलो”, उनले भने

वन मन्त्रालयले आफ्ना भवन नदिने

प्रदेश प्रमुखहरूले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । तर, उनीहरूको कार्यालय तथा आवास व्यवस्थापन तयारीमा भने अन्योल छ । ६ नम्बर प्रदेशको अस्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश प्रमुखको कार्यालय व्यवस्थापनमै समस्या देखिएको छ।

भवन बनाउने भन्दै पैसा बुझाउन रोजगार व्यवसायी संघको उर्दी

वैदेशिक रोजगार व्यवसायी संघले भवन बनाउने भन्दै म्यानपावर व्यवसायीलाई पैसा बुझाउन उर्दी जारी गरेको छ। पैसा नबुझाए कम्पनी नै खारेज गरिदिने चेतावनी संघले जारी गरेको पत्रमार्फत दिइएको छ।

भवनसंहिता लागू गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले भवनसंहिता कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

जुम्लाकै पहिलो भूकम्प प्रतिरोधी स्वास्थ्यचौकी भवन

हिमा गाउँपालिका ६ स्थित स्वास्थ्यचौकी महावैपातारखोलाको भवन हेर्न धेरै आउछन। भवनको फेददेखि टुप्पो सम्मको अवलोकन गरेर दैनिक जसो स्थानीय फर्कन्छन। उनीहरु स्वास्थ्यचौकी भवनको देखासिकी गरेर आफ्नो घर बनाउनेतिर जुटेका छन।

भूकम्पीय जोखिमबाट बच्न भवनसंहिता पालना गरौँ : प्रधानमन्त्री देउवा

रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न आह्वान गरेका छन्। बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा मूल समारोह समितिले मंगलबार वसन्तपुरमा आयोजना गरेको समारोहमा उनले विगतका भूकम्पका बेला कमजोर भौतिक संरचनाकै कारण क्षति भएकाले संहिता पालना गरेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबैमा अनुरोध गरे।

भवन निर्माणमा दुईथरी बजेटले समस्या

भूकम्पले क्षति पुगेका विद्यालय भवन निर्माणका लागि रसुवामा दुईथरी बजेट आएको छ । जिल्लामा भूकम्पले पूर्ण क्षति भएका २० वटा विद्यालयको २० वटा भवन निर्माणका लागि दुईवटा कार्यक्रम आएका हुन् ।

संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड

संसद्को आफ्नो भवन नहुँदा संसद् बैठकका लागि भाडाबापत एक अर्ब ६८ करोड खर्च हुने भएको छ । सरकारले संघीय संसद्का लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको छ । यसअघि संविधानसभा बैठक पनि भाडामा लिएर सोही भवनमा सञ्चालन भएको थियो भने संविधान जारी भएपछि संसद् बैठक पनि त्यहीं बसेको थियो ।

‘अग्ला भवनले उपत्यका कुरूप बन्यो’

मलाई पोखरा धेरै प्रिय लाग्छ । यो सहर निकै मनमोहक छ । यहाँबाट मनोरम प्राकृतिक दृश्य नियाल्न पाइन्छ । पोखराको विशेष भनेकै फेवाताल, माछापुच्छ्रे हिमाल र गुफा नै हुन् । यहाँ पाइने विशेषता अन्तका सहरमा पाइँदैन । यहाँको जस्तो प्राकृतिक सौन्दर्य अन्त देखेको छैन । अर्को कुरा, पोखरा सहरनजिकै गाउँ भेटिन्छन् । ती गाउँको विषेशता र मौलिकता अति नै मनपर्छ ।

मुख्य प्रशासनिक भवनकै बिजोग

भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलाइको उदाहरण खोज्न धेरै टाढा पुग्नु पर्दैन । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको तस्बिरले नै पुनर्निर्माणको अवस्था प्रस्ट देखाउँछ।

भवनको छाना खस्दा ८ जनाको मृत्यु

दक्षिणी भारतको तामिलनाडु राज्यमा अवस्थित यातायात कार्यालय भवनको छाना खस्दा शुक्रबार बिहान आठ जनाको ज्यान गएको छ । चेन्नईबाट करिब तीन सय १२ किलोमीटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको र यसमा परी आठ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

स्मार्ट एनअारएन मेरो अवधारणा : भवन भट्ट

भवन भट्ट गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष एवं जापानका सफल नेपाली उद्यमी हुन्। जापान र युरोपमा रेष्टुराँ, रिसोर्ट र होटलमा उनको लगानी छ। नेपालमा होटल, ब्रुअरी, सञ्चार, शिक्षा, अटोमोबाइलमा लगानी गरेका भट्टले आगामी अक्टोबर १४—१७ सम्म काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। गैरआवासीय नेपालीका मुद्दा र निर्वाचन केन्द्रित रहेर कृष्ण ढुंगानाले उनीसँग काठमाडौंमा गरेको कुराकानीः

५ वर्षमा पनि बनेन प्रहरी भवन

विगत पाँच वर्ष अघिदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको भवन निर्माण कार्य अलपत्र बनेको छ । विभिन्न कारण देखाउँदै पटक पटक निर्माण रोकेर भवन निर्माण सम्पन्न नहुँदा सञ्चालनमा आउन नसकोको हो । निर्माण कार्यको अन्तिम अवस्थामा रहेको भवन सञ्चालनका लागि तयारी हुन सकेको छैन।

भवन निर्माण विभागका महानिर्देशक शर्मा मन्त्रालयमा तानिए

सहरी विकासमन्त्री प्रभु साहले स्वास्थ्य क्षेत्रका वर्षौं पुराना भवन निर्माण आयोजनाका काम समयमै नसकेको आरोप लगाउँदै सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्मालाई मन्त्रालयमा तान्ने भएका छन् ।

प्रयोगविहीन छन् सरकारी कृषि भवन

तेह्रथुमको म्याङलुङ नगरपालिकास्थित जिरिखिम्तीबजार नजिकै कृषि हाटबजारका लागि लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका भवन प्रयोगविहीन छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्