६ आश्विन २०८१ आइतबार
image/svg+xml

डेढ दशकपछि जुम्ला पत्रकार महासंघको आफ्नै भवन

नेपाल पत्रकार महासंघ जुम्ला जिल्ला शाखाले स्थापनाको डेढ दशकपछि आफ्नै भवन निर्माण भएको छ।  स्थानीय स्तरका सरकारी निकाय र स्थानीय निकायको सहयोगमा रु ६६ लाखको लागतमा दुईतले सात कोठे सो भवन निर्माण भएको हो।

मापदण्ड विपरीत भवन कारबाहीमा आलटाल

हनुमानढोका दरबारसँगै निर्माणाधीन व्यापारिक प्रायोजनको भवन मापदण्डविपरीतको भए पनि सरोकारवाला निकायले कारबाहीको चासो दिएका छैनन् । भवनको मपदण्ड अध्ययन गर्न खडा भएको समितिले मापदण्डविपरीत भएको भन्दै प्रतिवेदन बुझाइसक्दा पनि कारबाहीको प्रक्रिया थालिएको छैन ।

भवन अध्ययन प्रतिवेदन छलफलमा ढिलाइ

प्रतिवेदन आए पनि व्यस्तताले हेर्न नपाएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा जानकारी दिए । ‘प्रतिवेदन आइपुगेको छ । तर, व्यस्तताले गर्दा हेर्न पाएको छैन,’ प्रजिअ शर्माले भने, ‘सबै निकायलाई बैठकमा बोलाएर प्रतिवेदन हेर्नेछु ।’

सिंहदरबार भवन अध्ययनमा फेरि दुई करोड

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार पश्चिमी मोहडाको अवस्थाबारे पुनः अध्ययन गर्ने भएको छ । यसका लागि प्राधिकरणले दुई करोड रुपैयाँ खर्च गर्ने तयारी गरेको छ ।

स्वास्थ्यका १ सय ३३ भवन अझै बनेनन्

प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६० सालमा १७ सय कोठाको सिंहदरबार एक वर्षमा निर्माण सम्पन्न गराएका थिए । तर अहिले दुईतलाको एउटा भवन ९ वर्षमा पनि निर्माण हँुदैन । यसको ज्वलन्त उदाहरण भएका छन्, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतका ३१ जिल्लाका १ सय ३३ वटा सार्वजनिक भवन । सहरी विकास मन्त्रालयले ती भवनलाई रुग्ण आयोजनाका रुपमा राखेर छानबिन सुरु गरेको छ ।

मुम्बइमा भवन भत्किँदा ४० जना पुरिए, उद्धार जारी

भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ। ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ।

सिंहदरबारको मूल भवनलार्इ टेको

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको प्रवलीकरणका लागि टेको लगाउन (स्काफोल्डिङ) शुरु गरेको छ।

भवन एक, कार्यालय तीन

भवन अभावमा खोटाङको खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा एउटै भवनमा एउटै प्रकृतिका तीन वटा सरकारी कार्यालयको कामकाज सञ्चालन हुँदैआएको छ।

भूकम्पका २७ महिना : रसुवाका १५ विद्यालयको भवन निर्माण सुरु हुनै सकेन

रसुवामा भूकम्पले पूर्ण क्षति पुगेका विद्यालय भवन निर्माणका लागि जग्गाको अभाव भएको छ। भूकम्पपछिको पुनर्निर्माणका लागि रकम पर्याप्त भए पनि विद्यालयले जग्गा व्यवस्थापन गर्न नसक्दा जिल्लाको १५ सामुदायिक विद्यालय भवन निर्माण सुरु हुन नसकेको हो।

पहिरोले शान्ति प्राविको भवनमा क्षति

तनहुँको म्याग्दे गाउँपालिका–७ सर्वलाङ्गस्थित शान्ति प्राविको भवनमा पहिरोले क्षति पुर्‍याएको छ।

इलाममा पहिरोले पुर्‍यो विद्यालय भवन

चुलाचुली गाउँपालिका वडा–१ स्थित सागर आधारभूत विद्यालयको भवन पहिरोले पुरेको छ । स्थानीय कमल खोलाले जमिन कटान गरेर पहिरो जाँदा विद्यालय भवन पुरिएको हो ।

दशगजामा सामुदायिक भवन

भारतले पूर्वी सीमाको दशगजामा बौद्धगुम्बा मर्मतको निहुँमा सामुदायिक भवन ठड्याएको छ । नेपाली पक्षको पटक पटकको आग्रह बेवास्ता गर्दै उसले सूर्याेदय नगरपालिका–२ (साविक पशुपतिनगर–४) र भारतको रामग्राम ग्रामपञ्चायतबीच पर्ने दशगजामा सरकारी लगानीमै एकतले पक्की भवन निर्माण गरेको हो । दशगजाको सीमाभन्दा ३० फिट यताउता कुनै पनि संरचना बनाउन नपाउने अन्तर्राष्ट्रिय मान्यता उल्लंघन गर्दै पुरानो गुम्बा मर्मतको बहानामा करिब ५० जना अट्ने नयाँ भवन बनाइएको हो । दशगजाको सानो सीमास्तम्भभन्दा पाँच फिटजतिको दूरीमै भवनको पिल्लर गाढिएको छ । भवनको पहिलो तलाको ढलाइसमेत सकिएको छ । वरिपरि पर्खाल लगाउन बाँकी रहे पनि भारतीयले यो भवनलाई भेला, गोष्ठी, बैठकलगायतमा प्रयोग गरिरहेका छन् । वरपर दशगजामै बनेका संरचनासमेत हटाएर सामुदायिक भवन बनाइएको हो।

वर्षाका कारण विद्यालय भवन भत्कियो

अविरल वर्षाका कारण यहाँको एक विद्यालयको तीनकोठे भवन भत्किएको छ।  बिहीबारदेखि परेको अविरल वर्षाका कारण बन्गाड कुपिण्डे नगरपालिका–१२ स्थित सिद्धेश्वरी माविको भवन भत्किँदा पठनपाठनमा समस्या भएको शिक्षक विमलराज डिसीले जानकारी दिए। विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन् ।

मुम्बईमा भत्किएको भवनमा परी सत्र जनाकाे मृत्यु

भारतको एक ठूलो सहर मुम्बइको उत्तरतर्फ मङ्गलबार भत्किएको एक पाँच तले भवनमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्