३ असार २०८१ सोमबार
image/svg+xml
समाज

जुम्लाकै पहिलो भूकम्प प्रतिरोधी स्वास्थ्यचौकी भवन

जुम्ला – हिमा गाउँपालिका ६ स्थित स्वास्थ्यचौकी महावैपातारखोलाको भवन हेर्न धेरै आउछन। भवनको फेददेखि टुप्पो सम्मको अवलोकन गरेर दैनिक जसो स्थानीय फर्कन्छन। उनीहरु स्वास्थ्यचौकी भवनको देखासिकी गरेर आफ्नो घर बनाउनेतिर जुटेका छन।

स्वास्थ्य चौकी भवन बनाउने श्रमिक भक्तबहादुर रावत यो जिल्लाकै पहिलो भूकम्प प्रतिरोधी भवन भएको बताउँछन्। उनले भने, ‘पटक पटक प्राविधिक जनशक्तिको निगरानीका साथै दक्ष कामदारको प्रयोग र भवन आचारसंहिता अनुसार निर्माण भएकोले यो भवन भूकम्प प्रतिरोधी भएको हो।’

महावैपातारखोलाको भवन अहिले स्थानीयको आकर्षणको केन्द्र बनेको छ। स्थानीय कामदारले ढुंगाको मात्रै काम गरेका थिए। पलम्विङ रंगरोगनको काम बाहिरवाट झिकाएका कामदारले गरेका हुन। स्थानीय बखत बहादुर अधिकारीले स्वास्थ्यचौकी भवन हेर्न लायक मात्र नभै वलियो पनि भएको बताए। उनले भने, ‘पहिले स्थानीय घर भाडामा मागेर काम चलाउदै आएको स्वास्थ्यचौकीले अहिले भूकम्प प्रतिरोधी भवन निर्माण गरेको देख्दा अचम्मित छौं।’

हरेक दुई फिटको उचाईमा स्टिज र स्लेप हानिएको छ। प्रत्येक कुनामा जंक्सन राखिएको छ। सिमेन्ट र बालुवाको तादम्यता मिलेको छ। भवन निर्माण आचारसंहिताको पूर्ण पालना गरेर घर निर्माण भएको छ। ३५ कोठे उक्त भवन अपांगमैत्री, बालबालिका र जेष्ठनागरिक मैत्री पनि छ। विरामीलाई लस्करै बस्न मिल्ने, सुरक्षित सुत्केरी अनुकुल सो भवन बनाउनेलाई स्थानीयले धन्यावाद दिएका छन। यति ठूलो र बलियो भवन दुर्गममा अहिलेसम्म बनेका छैनन्।

भवन निर्माण शुरु गर्दा स्थानीयले विरोध गरे। भवन निर्माणको काम शुरु हुन दिएनन तर अहिले भवन बनेको देख्दा निकै पछुतो पोख्ने गरेको चन्द्रा एण्ड वसन्त कन्ट्रक्सन प्राली ललितपुरका प्रतिनिधी विकलजंग शाहीले जानकारी दिए।

उनका अनुसार स्थानीयको सहयोग पछिल्लो समयमा निकै राम्रो पाइएको प्रतिक्रिया दिए। उनले भने, ‘यहाँका कामदार र निर्माणकर्तालाई फुलमालाले विदाई गर्ने योजना बुनेका छन। शहरी विकास निर्माण विभाग भवन डिभिजन कार्यालय जुम्लाको एक करोड ६० लाख रुपैयामा सो भवन वनेको हो।’

सोलार हिटर र पानी टयांकीको व्यवस्थापन भइसकेको छ। विरामीले निर्धक्कका साथ उपचार गर्न पाउने अवस्था सृजना भएको स्थानीय बताउछन। भवन डिभिजन कार्यालयका ओभरसियर चन्द्र खड्का जिल्लामा पछिल्लो समय वनेका स्वास्थ्यचौकी भवन भूकम्प प्रतिरोधी बनेको बताउछन। उनले भने, ‘गाडीको पहुँच पुगेको स्थानमा राम्रो बनेको छ। जिल्लाको बड्की, पाण्डवगुफा र पट्मारामा भूकम्प प्रतिरोधी भवन बन्न लागेका छन, प्राविधिक जनशक्ति कम भएकोले समस्या आएको छ तर जिल्लाका सबै स्वास्थ्यचौकी भूकम्परहित बनाउने अभियान थाल्नुपर्छ।’

प्रकाशित: २ माघ २०७४ १४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App