२१ आश्विन २०८१ सोमबार
image/svg+xml

माघ तेस्रो सातादेखि सञ्चालन हुने

जनकपुर–जयनगर–कुर्था खण्डमा आउँदो माघ तेस्रो सातादेखि (फेब्रुअरी पहिलो साता) रेल सञ्चालन हुने भएको छ। नयाँ रेल बनाउने जिम्मा पाएको भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडले दोस्रो पटक संशोधन गरिएको सम्झौता अनुसारको मितिमा बनाएकाले माघ तेस्रोदेखि सञ्चालनको तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

साइकलमा जनकपुर

यही मंसिर ६ गते पशुपतिनाथबाट सुरु भएको साइकलयात्रा मंसिर ८ गते जनकपुर राम मन्दिरमा पुगेर टुङ्गियो। यात्रा २५० किमिको थियो। यात्रामा साइकलयात्री र स्वयंसेवक गरी २०० भन्दा बढी व्यक्तिको सहभागिता थियो।

जनकपुर उपमहानगरमा नियुक्त ६० स्विपर निरक्षर

नेपालले २००७ सालदेखि नै साक्षरताका विभिन्न प्रयास थालेको तथ्यांक छ। त्यसबेला २ प्रतिशत जनता मात्र साक्षर थिए। २०६५/६६ देखि दुई वर्षभित्र ‘साक्षर नेपाल’ बनाउने भन्दै शिक्षा मन्त्रालयले अभियान नै चलाउँदै आएको छ। विगत ११ वर्षमा मन्त्रालयको साक्षरता कार्यक्रमका लागि ७ अर्ब रकम खर्च भइसकेको छ। तर, वास्तविक कति साक्षर भए भन्ने अझै तथ्यांक आउन सकेको छैन।

‘कर्मचारी नभई रेल चल्दैन’

सरकारले चालु वर्षभित्रै जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउने प्रचार गरे पनि आवश्यक कर्मचारीको व्यवस्थापन हुन सकेको छैन। यसले चालु आर्थिक वर्षभित्र रेल सञ्चालन हुनेमा अन्योल उत्पन्न भएको छ।

सकियो जनकपुरको साहित्य महोत्सव

जनकपुरधाममा आयोजना भइरहेको नेपाल साहित्य महोत्सवको जनकपुर संस्करण सकिएको छ। कला र साहित्यको प्रवद्र्धनको लागि बुक वर्म फाउन्डेसनले आयोजना गरेको तीन दिने महोत्सव विभिन्न अन्तक्र्रियासहित आइतबार सकिएको थियो।

आइएमई नेपाल लिटरेचर फेस्टिभलको जनकपुर संस्करण हुने

लिटरेचर फेस्टिभलको जनकपुर संस्करण यही कात्तिक २२, २३ र २४ मा आयोजना हुने भएको छ।

पैसा लिन बोलाएर घरमै गोली हानी हत्या

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया विद्युत वितरण केन्द्रस्थित बुधबार बिहानै एक व्यवसायीको गोली हानी हत्या भएको छ।

विमानस्थलभित्र तोडफोड गर्ने सांसद साह साधारण तारेखमा रिहा

जनकपुर विमानस्थलभित्र बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधरण तारेखमा रिहा भएका छन्।

सञ्चालनमा बाढी तगारो

निर्माणाधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारीमा बाढी तगारो बनेको छ। गत असारको अन्तिम साता आएको बाढीले रेल लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्काल सञ्चालनमा समस्या भएको हो।

चौरचन पर्व धुमधामका साथ मनाइँदै

मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ। चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व मानिन्छ।चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिल समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ।ज्योतिषशास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ।

अस्पताल परिसरमै फोहोरको थुप्रो

मानिसहरू बिरामी भएपछि उपचारका लागि अस्पताल जाने गर्छन् तर, फोहोरका कारण जनकपुर अञ्चल अस्पताल आफैं बिरामीजस्तो बनेको छ । अस्पतालबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा जनकपुर अञ्चल अस्पतालअन्तर्गत रहेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको परिसर फोहोरले भरिभराउ भएको हो।

छठकपुरमा जानकी रेल

केही दिनअघि आएको बाढीले जकपुरमा रेलको लिगमा क्षति पु-याएको थियो। क्षति भएको ठाउँमा चाँडै ममर्त गरिने विभागले जनाएको छ।

जनकपुर विमानस्थलमा एटिएफ रिफिलिङ सुरु

जनकपुर विमानस्थलमा उडान गर्ने हवाईजहाजले फर्किंदाका लागि पनि हवाई इन्धन (एटिएफ) लिएर जानुपर्ने बाध्यता सकिएको छ।

मोदीबाट घोषित सय करोड सहयोग गुम्ने खतरा

‘जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्बीच तालमेल नमिल्दा जनकपुरको विकासका लागि मोदीले दिने भनेको बजेट १३ महिना बित्दा पनि ल्याउन नसकिएको हो। दुवै निकाय आ–आफ्नै तालमा उक्त रकम हात पार्न दौडधुप गर्न थालेका छन् । यसबाट उक्त सहयोग रकम नै गुम्ने खतरा देखिएको छ।’

होटलमा आगलागी हुँदा ८ सिलिण्डर विष्फोट, करोडौँको क्षति

जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहान आगलागी भएको छ। स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पु¥याएको छ। प्रहरीका अनुसार राति करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट छ । ग्यास सिलिण्डर पड्किँदा आगोले

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्