७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

होटलमा आगलागी हुँदा ८ सिलिण्डर विष्फोट, करोडौँको क्षति

फाइल तस्बिर

धनुषा – जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहानआगलागी भएको छ। स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पु¥याएको छ। प्रहरीका अनुसार राति करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट भएकाे छ । ग्यास सिलिण्डर पड्किँदा आगोले ठूलो रुप लिएको हो ।

जसका कारण सँगै रहेको सियाराम मिष्टान्न भण्डारमा पनि क्षति प¥याएको हो। प्रारम्भिक अनुसन्धानले तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालले बताए। उनका अनुसार उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको  एउटा दमकलको सहयोगमा  बिहान करिब ५ बजे आगो नियन्त्रणमा  आएको हो। घटनामा मानवीय क्षति भएको छैन ।

आगलागी भएको थाहा पाउनासाथ कामदारले प्रहरीलाई खबर गरेका थिए।नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो।  क्षतिको पूर्ण विवरण आएको छैन। स्थानीय राम यादवका अनुसार आगलागीले झन्डै एक करोडको क्षति भएको छ। आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: ५ असार २०७६ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App