३ आश्विन २०८१ बिहीबार
image/svg+xml

अाव ०७७/७८ काे बजेट १८ खर्ब ६४ अर्ब

मध्यमकालीन खर्च संरचनाले अबको तेस्रो वर्षमा मुलुकको बजेट साढे १८ खर्ब रुपैयाँभन्दा माथि पुग्ने प्रक्षेपण गरेको छ।

महिलामैत्री छ त बजेट?

बजेट मुलुकको आय/व्यय निर्धारण गर्ने माध्यम हो। मुलुकमा जति पनि विकास निर्माणका काम हुन्छन्, बजेटमा उल्लेख भएअनुसार नै हुन्छन्। यस अर्थमा बजेट मुलुकको आर्थिक पाटो सन्तुलनमा राख्ने हिसावले निकै महत्वपूर्ण छ। तर विडम्बना, नेपालमा यस्तो महत्वपूर्ण विषय भइकन पनि बजेट प्रस्तुति विवादमा पर्दै आएको थियो। कहिले जनप्रतिनिधिमूलक संस्था संसद्मा पेश गर्ने अवस्था नहुने तथा कहिले पेश गर्ने क्रममै अवरोध हुने प्रक्रियाले प्राथमिकता पाए। त्यसमाथि बजेट यही दिन पेश गर्ने भन्ने कुनै कानुनी प्रावधानसमेत नहुनाले पनि यो सत्तासीन दलहरूको स्वार्थअनुकूल प्रस्तुत गर्ने परिपाटी बस्दै आयो।

३० अर्बको बजेट ल्याउने तयारीमा प्रदेश सरकार

प्रदेश ५ को सरकारले सिँचाइ र खानेपानीसहितको पूर्वाधार विकासलाई प्रथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा जुटेको छ । कृषि र पर्यटन क्षेत्र पनि प्राथमिकतामा छन् । अहिले सबै मन्त्रालय योजना छनोट तथा तिनको प्राथमिकीकरणमा लागेको सरकारका प्रवक्ता भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए ।

ज्ञान विज्ञान विरोधी बजेट

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ कोे बजेटमा अनुसन्धान शब्द दश ठाउँमा प्रयोग गरिएको छ। जुन गतवर्षको बजेटमा भन्दा दुई पटकले बढी होे। यसपालिको बजेटमा पोहोरको भन्दा अनुसन्धान शब्दको बढोत्तरी मात्रै भएको छैन,बरू ज्ञान विज्ञानको क्षेत्रमा व्यक्तिगत र संस्थागत क्षमता अभिवृद्घि, नयाँ संस्थाहरूको स्थापना र विश्वविद्यालयहरूलाई अनुसन्धानमूलक बनाउने नयाँ कार्यक्रमहरू पनि थपिएका छन्। यसैगरी ज्ञान विज्ञानको क्षेत्रमा बजेटको उल्लेख्य बढोत्तरी यसअघि डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि भएको थियो।

नगरका ११ वडामा बजेट विनियोजन

हलेसी तुवाचुङ नगरपालिकाले वडागत बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७५-७६ का लागि नगरपालिकाले पुँजीगत १० करोडमध्ये ११ वडाका लागि पाँच करोड ८५ लाख ९९ हजार रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको हो।

स्थानीय तहमा योजना तथा बजेट निर्माण गर्न प्रशिक्षण

स्थानीय तहमा योजना तथा बजेट निर्माण कार्य सुरु भएसँगै जिल्लाका स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई प्रशिक्षण दिइएको छ ।स्थानीय तहमा योजना छनोट, प्राथमिकिकरण र बजेट निर्माण बारे भएका कानुनी व्यवस्था, योजना कार्यान्वनका लागि निर्वाह गर्नुपर्ने भूमिका र वडास्तरमा योजना प्राथमिकीकरण लगायतका बारेमा जानकारी दिन प्रशिक्षण सञ्चालन गरिएको हो ।

गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि १ करोड बजेट

लिच्छविकालीन स्थानीय गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धारका लागि आगामी आर्थिक वर्ष २०७५–०७६मा पुरातत्व विभागले १ करोड बजेट विनियोजन गरेको छ।

खल्ती भर्ने बजेट?

यतिबेला संसद्मा २०७५/०७६ को बजेटमाथि बहस भइरहेको छ । यो बहसले सान्दर्भिक बजेट बनाउन सहयोग पुग्ने आशा गरिएको छ। तर बजेटले समुदायको पिँधमा रहेका हलिया, मुसहर, हरुवा चरुवा, भूमिहीन, सुकुमबासी, कमलरी र कमैयालाई समेट्न सकेको छैन । तापनि लोकतान्त्रिक सरकारले ल्याएको बजेट समग्रमा राम्रो छ भनेर चित्त बुझाउन बाध्य छन् उनीहरू पनि, अरु जस्तै।

बजेटको बहानामा उखु किसानको भुक्तानी बन्द

जिल्लास्थित इन्दुशंकर चिनी उद्योगले उखु किसानको भुक्तानी बन्द गरेको छ । आर्थिक वर्ष ०७५÷७६ का लागि सरकारले घोषणा गरेको बजेटबाट परेको असरबारे अध्ययन भइरहेकाले भुक्तानी रोक्नुपरेको भन्दै बुधबार उद्योगले सूचना प्रकाशित गरेको हो।

बजेटमाथिको छलफल आज सकिने

सरकारले ल्याएको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमाथि प्रतिनिधिसभामा भएको छलफल आज (आइतबार) सकिने भएको छ। अर्थमन्त्री युवराज खतिवडाबाट गत जेठ १५ गते बजेट सार्वजनिक भएपछि बिहीबार र शुक्रबार (जेठ १७ र १८ मा) बजेटमाथि छलफल भइसकेको छ।

‘बजेट कम हुँदा न्यायपालिकामा एनजिओ पसे’

कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सरकारले अदालतलाई बजेट कम छुट्टयाउने गरेकाले एनजिओ भित्रिएको बताएका छन्। उनले सरकारले यथेष्ट बजेट छुट्टयाएमा सरकारी तथा गैरसकारी संस्था आफै हट्ने दाबी गरे। उनले यसपटक न्यायपालिकालाई न्यून बजेट विनियोजन भएकोमा दुखेसो पनि व्यक्त गरे। मागभन्दा ज्यादै न्यून बजेट विनियोजन भएको उनले बताए।

बजेटमा सत्तापक्षीय सांसदकै आपत्ति

आर्थिक वर्ष २०७५- ७६ का लागि प्रस्तावित बजेटप्रति सत्तापक्षीय सांसदले नै असन्तुष्टि जनाएका छन् । स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमका नाममा सांसदका लागि छुट्याइएको रकमको खर्चप्रक्रियाप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्यले आपत्ति जनाएका छन् ।

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गरेका छन्।

'अपेक्षा गरिए अनुसार बजेट आएन '

नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा आर्थिक वर्ष ०७५- ७६ का लागि पेस गरेको बजेट अपेक्षा अनुसार नआएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्