३ आश्विन २०८१ बिहीबार
image/svg+xml

रोजगार केन्द्रित बजेट ल्याउने तयारी

संघीय सरकारले ‘केन्द्रीकृत मानसिकता’ प्रेरित बजेट ल्याएको भन्दै असन्तोष प्रकट गरिरहेको प्रदेश १ को सरकारले प्रदेशको न्यून रोजगारी र छद्म बेरोजगारी समस्या समाधान गर्नेगरी बजेट ल्याउने घोषणा गरेको छ। असार १ मा प्रदेशको बजेट ल्याउने तयारीमा जुटेको सरकारले बिहीबार सुरु संसद्को वर्षे अधिवेशनको पहिलो बैठकमा विनियोजन विधेयक २०७५ का सिद्धान्त र प्राथमिकता पेश गर्दै यस्तो घोषणा गरेको हो।

राष्ट्रियसभामा बजेटमाथि छलफल

आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक बजेटका सम्बन्धमा सत्ता पक्षका सांसदबाट उत्कृष्ट रहेको प्रतिक्रिया आएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले भने कार्यान्वयन मुखी नभएको संज्ञा दिएका छन्।

सहकारीलाई बजेटमा होइन, नीतिमा प्रोत्साहन

निजी क्षेत्रप्रति अपेक्षित उदार नदेखिएका अर्थमन्त्री युवराज खतिवडाले सहकारीलाई प्रोत्साहित गर्ने नीति लिएका छन् । आगामी आर्थिक वर्ष ०७५- ७६ को बजेटमा सहकारीलाई बजेट विनियोजन गर्न कन्जुस्याइँ गरे पनि नीतिगत रुपमा सहकारी क्षेत्रलाई प्रोत्साहित गरिएको छ।

संघीय बजेटमा प्रदेशका व्यवसायी असन्तुष्ट

यहाँका व्यवसायीले कर्णाली प्रदेशलाई उपेक्षा गरेर संघीय सरकारले बजेट ल्याएको आरोप लगाएका छन् । सदियौंदेखि पिछडिएको कर्णाली प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारले आवश्यक बजेट नदिएको बताए।

बजेटमा बक्स अफिस

लामो समयदेखि निर्माताको मागको रुपमा रहँदै आएको बक्स अफिस सरकारले बजेटमा समावेश गरेर कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

यथास्थितिको बजेट

अर्थमन्त्री युवराज खतिवडाले आमसर्वसाधारणले अपेक्षा गरेअनुसार ठूला किसिमका नयाँ पूर्वाधार निर्माण गर्ने खालको भन्दा त्यसविपरीत नियमित किसिमको बजेट सार्वजनिक गरेका छन् । स्पष्ट बहुमत र आगामी पाँच वर्षको जनादेश पाएको सरकारले ल्याउने पहिलो बजेटबाट आमजनताले धेरै ठूलो अपेक्षा गरेका थिए । तर बजेट विगतको भन्दा खासै भिन्न हुन सकेको छैन ।

नयाँ बजेट र नवसामन्तवादको भूमरी

उखान–टुक्का प्रयोग नगरी कलंकीदेखि नागढ¬ गासम्मको बाटो हेरेर मात्र पनि सरकारी क्षमताको यथार्थ थाहा ह¬न्छ । बजेटअनुसार काम हुने भएको भए, नेपाल समाजवादी ‘स्वर्ग’ भइसक्ने थियो । तर यथार्थ के छ भने, बजेट पास भइसकेपछि बजेटमा के भनेको छ भन्ने सबैले बिर्सन्छन् ।

मलुवा बजेट !

देशमा पहिलो बहुमतको वामपन्थी सरकारको बजेट सार्वजनिक भएसँगै आलोचना सुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले २०७५÷०७६को बजेट संविधानले तोकेको मितिमै प्रस्तुत गरे ।अर्थमन्त्रीको बजेटमा १३ खर्ब १५ अर्बरुपियाँ (चालु खर्च ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पुँजीगत खर्च ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख, वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ५५ अर्ब७१ करोड ६० लाख) विनियोजन गरिएको छ ।

२६ अर्बको बजेट ल्याउने प्रदेश सरकारको तयारी

प्रदेश नं. ४ को आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटको लागि बिहिबारदेखि प्रारम्भिक छलफल सुरु हुने भएको छ। प्रदेशसभा नियमावलीको नियम १३३ अनुसार विनियोजन विधेयक प्रस्तुत गर्नुपूर्व बैठकमा बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सिद्धान्तमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस भनि अर्थमन्त्रीले प्रस्ताव राख्नुपर्ने प्रावधान छ।

बजेट चर्चा र प्रोपोगाण्डाले मात्रै भरिएको छः डा. रामशरण महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महतले आर्थिक वर्ष २०७५÷०७६ को बजेट कर्णप्रिय भएपनि कार्यान्वयन हुन नसक्ने बताएका छन्।

बजेटले कर र ऋणको दायित्व बढायो : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेट सत्तासिन पार्टीको आफ्नै घोषणापत्र कार्यान्वयन गर्नेभन्दा पनि जनतालाई कर र ऋणको दायित्व बढाउने खालको भनी टिप्पणी गरेको छ ।

नुवाकोटको स्थानीय तहमा बजेट घट्यो

सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि यहाँका दुई नगरपालिका र १० गाउँपालिकालाई रु दुई अर्ब ५४ करोड ४३ लाख बजेट विनियोजन गरेको छ।

बजेट ३० प्रतिशत समाजवादतर्फ उन्मुख

सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटप्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन्।

प्रदेश नं १ का ५ ठूला आयोजना बजेटमा समावेश

आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी राजमार्गलाई समावेश गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्