७ वैशाख २०८१ शुक्रबार
राजनीति

बजेटमाथिको छलफल आज सकिने

काठमाडौं – सरकारले ल्याएको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमाथि प्रतिनिधिसभामा भएको छलफल आज (आइतबार) सकिने भएको छ। अर्थमन्त्री युवराज खतिवडाबाट गत जेठ १५ गते बजेट सार्वजनिक भएपछि बिहीबार र शुक्रबार (जेठ १७ र १८ मा) बजेटमाथि छलफल भइसकेको छ।

अहिलेसम्म ७० जना भन्दा बढी सांसदले छलफलमा भाग लिएका छन्। छलफलमा भागलिन नाम दिएकामध्ये २० जना सांसद बाँकी रहेको संसद् सचिवालयले जनाएको छ। छलफल सकिएपछि अर्थमन्त्री युवराज खतिवडाले छलफलमा उठेका विषयमा जवाफ दिने कार्यक्रम छ। आइतबार नै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकले विनियोजन विधेयक, राष्ट्रऋण उठाउने विधेयक, ऋण तथा जनमानत विधेयक टेबुल हुनेछ। विधेयक टेवुल भएपछि जेठ १५ गतेको दोस्रो बैठकमा टेबुल भएको आर्थिक विधेयकमाथिको छलफल सुरु हुने बताइएको छ।

प्रकाशित: २० जेष्ठ २०७५ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App