अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ कोे बजेटमा अनुसन्धान शब्द दश ठाउँमा प्रयोग गरिएको छ। जुन गतवर्षको बजेटमा भन्दा दुई पटकले बढी होे। यसपालिको बजेटमा पोहोरको भन्दा अनुसन्धान शब्दको बढोत्तरी मात्रै भएको छैन,बरू ज्ञान विज्ञानको क्षेत्रमा व्यक्तिगत र संस्थागत क्षमता अभिवृद्घि, नयाँ संस्थाहरूको स्थापना र विश्वविद्यालयहरूलाई अनुसन्धानमूलक बनाउने नयाँ कार्यक्रमहरू पनि थपिएका छन्। यसैगरी ज्ञान विज्ञानको क्षेत्रमा बजेटको उल्लेख्य बढोत्तरी यसअघि डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि भएको थियो।