गोकुल अधिकारीका दुई मुक्तक
विकास सुवास नभएको फूलले घोच्छ अराजक मान्छेको हूलले घोच्छ ठेकेदारहरू चलाख भएको यो मुलुकमा बनिनसक्दै भत्कने पुलले घोच्छ ।
विकास सुवास नभएको फूलले घोच्छ अराजक मान्छेको हूलले घोच्छ ठेकेदारहरू चलाख भएको यो मुलुकमा बनिनसक्दै भत्कने पुलले घोच्छ ।
कोहीकोही यहाँ पुस्तकालयमा गीता बेच्छिन् । मजबुरीले होला आफ्नै छोरी सीता बेच्छिन् । दलित फूलमाया पहिला मन्दिरमा फूल बेच्थिन् बेच्न फूल अहिले उनी अस्मिता बेच्छिन्
कोट्टिन्छन् फेरि घाउ प्रेमको नाउँमा, राख्दिन जोवन दाउ प्रेमको नाउँमा। यो प्रेम भन्ने शब्दसंग टुटिसक्यो भरोसा अब, बिन्ती गुलाफ नपठाउ प्रेमको नाउँमा।
लुटिरह्यो समयले, लुटाइरहें नबोलेरै, अनगिन्ती ब्यथाहरू छुपाईरहें नबोलेरै। अघाएर आउँदा ऊ, तिर्खाउँथे म सधैं, प्यास खपेर भित्रभित्रै लुकाइरहें नबोलेरै।
मूलबाटो छाडेर घरको जब दायाँबायाँ हराउँछन्, लंका डढाएर मनको शंकाले श्रीमतीसँग डराउँछन। दोहरो चरित्र कस्तो लोग्ने मान्छेको, जातै नहुने, आदर्श रामको तर लीला श्रीकृष्णको मन पराउँछन्।
शिलान्यास बाटो खन्न नेताजी नै बन्नुपर्छ, गाली ताली खान टन्न, नेताजी नै बन्नुपर्छ। दिन रात काम गर, ज्यामी हुन्छौ कुल्ली बन्छौ, रातारात धनी बन्न नेताजी नै बन्नुपर्छ।
मुक्तक दिवसको अवसरमा आयोजित मेलामा १३ नारी स्रष्टाले मुक्तक वाचन गरेका छन्। शनिबार नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित मुक्तक मेलामा उनीहरूले मुक्तक सुनाएका थिए।
मन पोख्न मधुशाला छिर्छन् मान्छे या भनूँ आगो निभाउन। कोही रंगशाला धाउँछन् सीप निखार्न या भनूँ तन तताउन। कोही जीवन र समाज बुझ्न काव्यशाला पस्छन् या भनूँ जगत् उघार्न। माथिको पहिलो ‘शाला’ गाउँ, सहर, गल्ली, सडक जताततै सजिलै प्राप्य छ।
मुक्तक साहित्य प्रवद्र्धन गर्दै आएको मुक्तक प्रतिष्ठान, नेपालले अमेरिकामा आफ्नो शाखा विस्तारसँगै ‘मुक्तक मेला’ कार्यक्रम गरेको छ। न्यूयोर्कमा हालै आयोजित कार्यक्रममा दुई दर्जन स्रष्टाले मुक्तक वाचन गरेका थिए।
कवि, मुक्तककार तथा गीतकार दिलिप योन्जन तामाङद्वारा लिखित मुक्तक संग्रह ‘अविरल’ र गीति एल्बम ‘अनुराग’ सार्वजनिक भएको छ। राजधानीमा गत शनिबार एक कार्यक्रमकाबीच संगीतकार शक्ति बल्लभ, गीतकार किरण खरेल, गीतकार राजेन्द्र थापा, गजलकार विपिन किरण, संगीतकार राजेश थापालगायतले मुक्तक संग्रह र गीति एल्बमको संयुक्त रूपमा विमोचन गरे।
छोटो भैकन पनि चोटिलो हुने भएकाले मुक्तक लोकप्रिय छ। संस्कृत साहित्यमा पाइने चतुष्पदीलाई नै नेपाली मुक्तकको मूल आधार मानिन्छ। छोटो आयाम, सूत्रात्मक संरचना एवं सूक्तिमय भावचेतना मुक्तकीय सिर्जनाको विशेषता।