४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

अमेरिकामा ‘मुक्तक मेला’

काठमाडौं – मुक्तक साहित्य प्रवद्र्धन गर्दै आएको मुक्तक प्रतिष्ठान, नेपालले अमेरिकामा आफ्नो शाखा विस्तारसँगै ‘मुक्तक मेला’ कार्यक्रम गरेको छ। न्यूयोर्कमा हालै आयोजित कार्यक्रममा दुई दर्जन स्रष्टाले मुक्तक वाचन गरेका थिए। 

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनको अनुसार न्युयोर्कका कार्यवाहक नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यमा भएको मेलामा प्रतिष्ठानका महासचिव रमेश पौडेल, आनन्द श्रेष्ठ, विजया सिम्खडा, विनोद रोक्का, डा.गोविन्द कोइराला, शान्ता अधिकारी घिमिरे, पद्मा लिंखा मगर, रश्मी भट्ट, अच्युत सिग्देल, ज्योति कुमार श्रेष्ठ, कुन्ती थापा, व्याकुल पाठक, लक्ष्मी श्रेष्ठ, किशन सिंह धामी, बद्री पौडेलले मुक्तक वाचन गरेका थिए।
त्यसैगरि मुक्तक वाचन गर्नेहरूमा पूनम काफ्ले, ज्योति पौडेल, पुष्पा अधिकारी, कमला प्रसाई, पुष्पराज उपाध्याय, पुरूषोत्तम पन्थी, सौरभ कारञ्जित, बनिता कतिला, शारदा क्षेत्री, डा. तारा निरौला, कविन विक्रम शाह, जानुका वस्ती ढकाल, नदिया लिवाङ्ग, सिर्जना शर्मा लगायत थिए। 

कार्यक्रममा महावाणिज्यदूत भट्टराई, महासचिव पौडेल, डा. तारा निरौला, डा. मधु माधुर्य, शैलेस श्रेष्ठ आदिले मुक्तक साहित्य छोटो÷मिठो भएको टिप्पणी गरेका थिए। 

उक्त अवसरमा मुक्तककार आनन्द श्रेष्ठको अध्यक्षतामा प्रतिष्ठानको अमेरिका शाखा गठन गरियो। उक्त समितिमा किसनसिंह धामी उपाध्यक्ष, ज्योतिकुमार श्रेष्ठ महासचिव, अच्युत सिग्देल कोषाध्यक्ष र सदस्यहरूमा पद्मा लिंखा मगर, सिर्जना शर्मा, रश्मि भट्ट, जानुका वस्ती ढकाल, पुष्पराज उपाध्याय, लक्ष्मी श्रेष्ठ, शान्ता घिमिरे अधिकारी र कुन्ति थापा छन्।

विसं २०७० सालमा स्थापित प्रतिष्ठान मुक्तक साहित्यको विकासमा नेपालको अगुवा संस्था हो। यसले अमेरिका शाखा खोल्नु अघि मलेसिया, दक्षिण कोरिया, इजरायल र बेलायतमा शाखा खोलेको थियो। त्यस्तै नेपालमा प्रदेश नं १ मा पनि शाखा खोलिसकेको छ।

‘हामी मुलुकभित्र ७ वटै प्रदेशमा शाखा खोल्ने छौं’, प्रतिष्ठानका अध्यक्ष कोने भन्छन्, ‘मुलुक बाहिर पनि शाखा खोलेर मुक्तकको उन्नयनमा निरन्तर लाग्ने छौं।’

प्रकाशित: २७ भाद्र २०७६ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App