२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

‘मनको किनारा’ सार्वजनिक

गीतकार तथा मुक्तककार विमला अधिकारी देवकोटाको पहिलो मुक्तकसंग्रह ‘मनको किनारा’ सार्वजनिक भएको छ। राजधानीमा गत शनिबार गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा. खेमबन्धु कोइराला, साहित्यकार डा. विधान आचार्य, नियात्राकार प्रतीक ढकाललगायतले संग्रह सार्वजनिक गरे।

मुक्तक लेख्दैछ पोखरा

‘मुक्तक सुन्न पोखरा जानू’ भन्ने भनाई स्थापित भइसकेको छ । मुक्तक मञ्चले हरेक महिनाको अन्तिम शनिबार मुक्तक वाचन गराउँछ । यसकोे १२८ औं शृंखला पूरा भइसकेको छ । ०००

१० मुक्तक

अमेरिका मानव अधिकार फलाक्छ, सद्धे इराकमा मिसाइल दाग्छ । त्यतिले मात्र कहाँ चित्त बुझाउँछ, सद्दाम हुसेनलाई सुलिमा टाँग्छ ।

१० मुक्तक

मेरो मनको घृणा काट्ने तिम्रो माया बधशाला हो, प्रेमको कख सिकाउने तिम्रो मन, पाठशाला हो । सुन्दर छ तिम्रो मति, सुन्दर छौ तिमी कति कति, लाग्छ डुबेरै बसूँ त्यो मनभित्र, जुन मेरो मधुशाला हो ।

१० मुक्तक

गौरीशंकरकी छोरी हुँ, लेकबेंसी हिउँसँग खेलेर आएँ, अभाव, प्रभाव, वैभाव र पीडा सबै आफैंले झेलेर आएँ । डराइनँ कहिल्यै कसैसँग अन्यायको विरुद्ध लड्दाखेरी, बाटामा भयंकर पहाड थिए ती सबैलाई पेलेर आएँ ।

एउटै मञ्चमा ‘कर्कलाको पानी’ र ‘माटो बोल्छ’ सार्वजनिक

नुवाकोट साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष रामकृष्ण गजुरेलको मुक्तक सङ्ग्रह ‘कर्कलाको पानी’ र सदस्य भगवती खनालको गजल सङ्ग्रह ‘माटो बोल्छ’ सार्वजनिक भएको छ।

१० मुक्तक

समयलाई जित्न खोज्छन् यहाँ मान्छेहरु, भगवानलाई किन्न खोज्छन् यहाँ मान्छेहरु । पुरा गर्न सपना र स्वार्थका ति सिँढीहरु, आगोमाथि हिँड्न खोज्छन् यहाँ मान्छेहरु ।

१०. मुक्तक

अलिअलि लजाएर हिँड्न थालेकी छाैं, सुस्तसुस्त हाँसलेझैँ पाइला चालेकी छौं । नरमाइलो लाग्न थाल्यो भन्छौ जन्मघर, मन्दिर धाउँदा मनको वर माग्न थालेकी छौं ।

१० मुक्तक

थाहा छैन को किन भेटिन्छ र कहाँ पुगेर छुट्छ, चिनिँदैन को आफू लुटिन्छ को अरूलाई लुट्छ । बस् यति थाहा छ मलाई हिजो पनि र आज पनि, भोकले आन्द्रा बटारिएपछि उसको मुठ्ठी उठ्छ ।

९ मुक्तक

असंख्य घाउ दिलाउनु हुन्छ र सुम्सुम्याउनु हुन्छ कहिले जहर पिलाउनु हुन्छ र सुम्सुम्याउनु हुन्छ तपाई शत्रु हुनुहुन्छ या मित्र चिन्न सकिएन कहिल्यै खञ्जरले हिर्काउनु हुन्छ र सुम्सुम्याउनु हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्