१० मंसिर २०८१ सोमबार
image/svg+xml

पहिलोपटक जग्गा नाप जाँच शुभारम्भ

भूमिहीन दलित, सुकुम्बासी तथा अव्यस्थित बसोबासी व्यवस्थापनका लागि बाँकेको बैजनाथमा जग्गा नाप जाँच कार्यको शुभारम्भ गरिएको छ।

पाँच दिनमा पनि आउँदैन पिसिआर रिपोर्ट, बिरामीको मृत्युपछि पोजेटिभ

कोरोना संक्रमणको लक्षण देखिएपछि पिसिआर जाँच गर्न स्वाब दिएकाहरुको मृत्यु हुँदा समेत रिपोर्ट नआउँदा समुदायमा कोरोना फैलने क्रम गोरखामा बढेको छ।

चेकजाँच नगरे गाउँ प्रवेशमा रोक

जुम्लामा जिल्ला बाहिरबाट भित्रिने जो सुकैले चेकजाँच नगरे गाउँ प्रवेश गर्न नपाउने भएका छन्। चेकजाँचका लागि पालिका भित्र गठित सिआइसिटी टीमलाई परिचालन गर्न लागिएको हो।

स्वास्थ्य शिबिरमा १ हजार ३६५ जनाको स्वास्थ्य जाँच

ऐसेलुखर्क गाउँपालिकाको आयोजना एवं काठमाडाैं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसि) सिनामंगलको चिकित्सक तथा उपकरण सहयोगमा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिबिरमा १ हजार ३६५ सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको हो।

मापसे जाँच गर्न प्रहरीलाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान

जिल्लामा मादक पदार्थ सेवन गरे/नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेको हो।

भन्सार जाँचपासपछिको परीक्षण सीमा घटाउन माग

‘भन्सार जाँचपास भएको मितिले चार वर्षसम्म परीक्षण गर्न पाउने कानुनी व्यवस्थालाई व्यवहारिक बनाउन बढीमा १एक वर्षको समय सीमा कायम गर्नुपर्छ,’ मोरङ व्यापार संघका कार्यबाहक अध्यक्ष नविन रिजालले भने, ‘मुद्दामा गएका पैठारीलाई छिट्टो छिनोफानो गर्न जरुरी छ।

मन्त्री तुम्बाहाम्फेद्वारा अतिक्रमित सर्दु जलाधारको निरीक्षण

नेपाल सरकारले गठन गरेको सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जलाधार क्षेत्रको जग्गा व्यक्तिबाट अतिक्रमित भएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो। आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने भएकाले मन्त्री तुम्बाहाम्फे फिल्ड अनुगमनमा आएको उपप्रमुख भण्डारीले बताइन्।

बिरामी जाँच्दा डाक्टरले लिने शुल्क बढ्यो : अब ३ सय ७० देखि ८ सय २५ रुपैयाँसम्म तिर्नुपर्ने

बुधबारदेखि चिकित्सकले बिरामी जाँच गरेबापत लिने शुल्क बढेको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकहरुले बिरामी जाँच गरेबापत लिन पाउने परार्मश शुल्क बढाएको जनाएका हुन्।

नेपालगञ्जमा एकीकृत जाँच चौकीको निर्माण कार्य सुरु

भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल र नेपाली शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आइसीपी) को निर्माण शुभारम्भ कार्यक्रमको संयुक्त रुपमा अवलोकनगरेका छन्। उनीहरुले भर्चुअलरुपमा अवलोकन गरेका हुन्।

रसुवागढी नाकामा निर्माणाधीन एकीकृत जाँच चौकीको काम ४५ प्रतिशत सकियो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) को करिब ४५ प्रतिशत काम सकिएको छ। निर्माण सुरु भएको २२ महिनामा करिब ४५ प्रतिशत काम सकिएको हो।

नियमित गर्भजाँच गराउने महिलालाई नुन, तेल, अण्डा र सावुन

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा नियमित गर्भजाँच गराउने महिलालाई आयोडिन नुन, तेल, अण्डा र सावुन दिन सुरु गरेको छ।

भन्सारले जाँचपास गरेको सामान प्रहरीले रोकेको गुनासो

निषेधाज्ञाका बेला सरकारी निकायबीच समन्वय नहुँदा आयातित सामान अलपत्र परेको आयातकर्ता व्यवसायीले गुनासो गरेका छन् ।

कोरोना जाँच गरेर मात्र प्रवेश दिन निर्देश

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले कोरोना भाइरस संक्रमणको जोखिम बढेकाले सीमाक्षेत्रबाट नेपाल आउने सबैको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने व्यक्तिको पहिचान खुल्नेगरी अभिलेख राख्न र स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको हो।

समुदायस्तरमा कोरोना जाँच

बागलुङमा समुदायस्तरमा कोरोना जाँच थालिएको छ। जोखिम समूह पहिचान गरी स्वाबको नमूना लिइएको हो। आज र भोलि गरी सदरमुकामभित्रका कम्तीमा दुई सय जनाको स्वाब सङ्कलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्