२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लायन्सद्वारा निःशुल्क मधुमेह जाँच

लायन्स क्लब अफ काठमाडौं समर्पणको आयोजनामा ८ नोभेम्बरदेखि निःशुल्क मधुमेह जाँच भइरहेको छ। विश्व मधुमेह दिवसका अवसरमा आयोजित उक्त कार्यक्रम २० नोभेम्बरसम्म चल्नेछ। उक्त जाँच बिहान १० देखि साँझ ५ बजेसम्म के ल्याब टंगालमा हुँदै आइरहेको हो।

‘कार्यक्रमअन्तर्गत लायन्स क्लबले टंगालस्थित के ल्याबबाट निःशुल्क मधुमेह जाँच एवं मधुमेह मात्रा उच्च रहेका व्यक्तिको निःशुल्क एचबिएवानसी जाँच सेवा, मधुमेह थाइराइड र हार्मोन रोग विशेषज्ञ डा. दीना श्रेष्ठबाट निःशुल्क परामर्श सेवा सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाई प्रदान गरिँदै आएको छ।’ 

प्रत्येक वर्ष १४ नोभेम्बरलाई विश्व मधुमेह दिवस मनाउने गरिएको छ। नेपालसहित विश्वभर ९ प्रतिशत जनसंख्या मधुमेहबाट प्रभावित छन् भने लगभग ५० प्रतिशत मानिसले मधुमेह भएको थाहै नपाउने जनाइएको छ।

प्रकाशित: २६ कार्तिक २०७७ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App