coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चेकजाँच नगरे गाउँ प्रवेशमा रोक

जुम्लामा जिल्ला बाहिरबाट भित्रिने जो सुकैले चेकजाँच नगरे गाउँ प्रवेश गर्न नपाउने भएका छन्। चेकजाँचका लागि पालिका भित्र गठित सिआइसिटी टीमलाई परिचालन गर्न लागिएको हो। 

कोभिड १९ संकट व्यवस्थापन समिति जुम्लाले प्रत्येक गाउँपालिकामा स्थापना गरिएका हेल्थ डेक्समा अनिवार्य चेकजाँच गरेर मात्र गाउँ प्रवेश गर्न पाउने निर्णय गरेको हो। जिल्ला बाहिरबाट आउने हरेक व्यक्तिको चेकजाँच गरेर मात्र गाउँमा प्रवेश दिने निर्णय भएको छ, सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले भने,‘त्यो निर्णयको इमान्दारीताका साथ पालना गर्नु पर्नेछ।’

उनका अनुसार बैठकले दोस्रो चरणमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रण गर्नको लागि प्रत्येक स्थानीय तहले कोरोना भाइरस नियन्त्रण रणनीति योजना बनाएर कार्यन्वयन गर्ने निर्णय समेत भएको छ। स्थानीय तहले बनाएको रणनीतिक योजनाले जिल्ला बाहिर भित्र गर्नेको रकेर्ड राख्न सजिलो हुनेछ। कोरोना संक्रमण र पालिका भित्रको अवस्थाबा बारेमा अभिलेख राख्न मद्दत मिल्ने छ।  

यसैगरी कोरोना भाइरसको दैनिक विवरण एकीकृत रुपमा प्रत्येक दिउँसो दुई बजे भित्र जिल्ला स्थित सम्पुर्ण स्थानीय तह, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयले तोकेको ढाँचामा जिल्ला प्रशासन कार्यालय जुम्लामा जानकारी दिने, जसका लागि हरेक स्थानीय तहले कोरोना संम्पर्क व्यक्ति तोक्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइले जानकारी दिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन बाहिरी जिल्लाबाट आपुर्ति सहज रुपमा हुन सक्ने संभावना कम भएकोले प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन वृद्धि ल्याउन अनुरोध गर्ने निर्णय गरिएको छ।  

संक्रमित बिरामीलाई अस्पताल ल्याउन लैजान लागि पर्याप्त एम्बुलेन्स नभएकोले निजी क्षेत्रबाट सोही प्रकृतिको सवारीसाधन भाडामा लिइ व्यवस्थापन गर्ने, सवारी साधनलाई कोभिड मैत्री बनाउनका लागि प्राविधिक सहयोग नेपाली सेनाको नन्दबक्स गणले जिम्मेवारी लिने, सवारीसाधनको पाटेसन खर्च भाडा खर्च, इन्धन खर्च प्रत्येक नगरपालिका र गाउँपालिकाले चार महिनाको लागि एक एक लाख रुपैयाँ तीन दिन भित्र जिल्ला प्रशासन कार्यालय जुम्लाको खातामा जम्मा गरेर भौचर पेस गर्ने निर्णय भएको हो।  

कोरोना भाइरसका कारण संक्रमितको मृत्यु भएमा मृतकको शव लैजानको लागि सडक डिभिजन कार्यालय संग शवबहान बनाउनका लागि टिप्पर माग गर्ने, शव व्यवस्थापनका लागि आवश्यक पीपीइ समेतका सामाग्री जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले नेपाली सेनासंग समन्वय गरि तयारी अवस्थामा राख्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित: १८ वैशाख २०७८ १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App