११ चैत्र २०८१ सोमबार
image/svg+xml
राजनीति

राजपरिवार हत्याकाण्ड: ज्ञानेन्द्र र पारसलाई गिरफ्तार गरी अनुसन्धान गर्न सांसद दाहालको माग

फाइल।

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले राजा वीरेन्द्रको सपरिवार हत्या प्रकरणमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहमाथि अनुसन्धान गर्न माग गरेका छन्।

दाहालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ज्ञानेन्द्र र पारस उक्त घटनाका प्रत्यक्षदर्शी भएकाले उनीहरूलाई कानुनी प्रक्रियामा ल्याई बयान लिनुपर्ने बताएका हुन्।

उनले लेखेका छन्, ‘राजा वीरेन्द्रको सपरिवार हत्याकाण्डका प्रत्यक्षदर्शी ज्ञानेन्द्र शाह र पारस शाहलाई गिरफ्तार गरी अनुसन्धान गर्नुपर्छ। या त उनीहरू हत्यामा संलग्न छन्, अथवा वास्तविक हत्याराबारे राम्रोसँग जानकारी राख्छन्।’

प्रकाशित: २६ फाल्गुन २०८१ २३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App