११ चैत्र २०८१ सोमबार
image/svg+xml
राजनीति

निरंकुश शासन जनता चाहँदैनन्, हामी सचिन्छौ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य रहेको स्पष्ट गरेका छन्। आज (सोमबार) सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि कुरा गर्दै इतिहासको रथ अब पछाडि फर्किन नसक्ने उल्लेख गरेका हुन्। 

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘यस्तो गतिविधि अस्वीकार्य छ। इतिहासको रथ पछाडि फर्किन सक्दैन। प्रगति चाहियो, परिवर्तन चाहियो। जनताको हित र कल्याणको शासन चाहियो। त्यो राजाबाट सम्भव छैन। इतिहासले बताइसकेको छ। २४० वर्षको इतिहासले बताइसकेको छ। फेरि त्यो निरंकुश शासन जनता चाहँदैनन्। हामीले गल्ती गरेका छौँ भने हामी सच्चिनुपर्छ।’

आइतबार पोखराको एक हप्ताको बसाइपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरूको उल्लेख्य उपस्थिति थियो। पूर्वराजा शाहको अभिनन्दनमा जम्मा भएकोबारे छलफल गर्न माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका राजनीतिक दलहरूले पदाधिकार र सचिवालय बैठक समेत डाकेका छन्।

प्रकाशित: २६ फाल्गुन २०८१ १९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App