११ चैत्र २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौंका सिडिओले भने- निषेधाज्ञा नयाँ होइन, पुरानै आदेशको निरन्तरता

काठमाडौं जिल्ला प्रशासन कार्यालयले हाल जारी गरेको निषेधाज्ञा कुनै नयाँ आदेश नभई पहिलेदेखि जारी निषेधाज्ञाकै निरन्तरता भएको स्पष्ट पारेको छ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार यो निषेधाज्ञा राजावादी गतिविधिका कारण नभई विगतदेखिको अभ्यासअनुसार जारी गरिएको हो।

‘हामीले कुनै नयाँ निषेधाज्ञा लगाएका छैनौं, न त थप क्षेत्रमै लागू गरेका छौं। अघिल्लो आदेश फागुन २४ गते सकिएकाले त्यसलाई निरन्तरता मात्रै दिएका हौं। यो वर्षौँदेखि हुँदै आएको प्रक्रिया हो,’ तिवारीले नागरिक न्युजसँग भने।

प्रशासनका अनुसार निषेधाज्ञा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा अति विशिष्ट व्यक्तिहरूको निवास वरपर शान्ति सुव्यवस्था कायम गर्न जारी गरिएको हो।

भिडन्त, तोडफोड, आगजनी, सार्वजनिक सम्पत्तिमा क्षति तथा सेवा प्रवाहमा अवरोध हुन सक्ने भन्दै जिल्ला सुरक्षा समितिको सिफारिसमा निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञा विशेष रूपमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको निवास, सिंहदरबार, संसद् भवनलगायत क्षेत्रमा लागू गरिएको छ। निषेधाज्ञा २०८१ फागुन २५ गतेदेखि लागू भई आगामी दुई महिनासम्म कायम रहनेछ।

निषेधित क्षेत्रहरू

शीतल निवास (राष्ट्रपति कार्यालय) क्षेत्र

हरित गृह (उपराष्ट्रपति कार्यालय) क्षेत्र

सिंहदरबार क्षेत्र

प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र

संसद भवन नयाँ बानेश्वर क्षेत्र

प्रकाशित: २६ फाल्गुन २०८१ १९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App