११ चैत्र २०८१ सोमबार
image/svg+xml
समाज

पूर्वराजा सारथी बने अर्जुन बनेर बाण हान्न तयार छु: दुर्गा प्रसाईं

<br>

राजा फर्काउने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंले देशले इमान्दार व्यक्ति पाएको दाबी गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले विभिन्न कालखण्डमा केही इमान्दार व्यक्ति देशले पाएको बताउँदै अहिलेको समय दुर्गा प्रसाईंलाई देशले पाएको उल्लेख गरे । पत्रकार सम्मेलनमा उनले भने, दुर्गा माताको कसम खाएर म भन्छु म घुसमा चल्ने मान्छे हैन । यो देशले दुर्गा प्रसाईं जस्तो इमान्दार मान्छे पाएको छ । देशले एउटा पृथ्वीनारायण शाह भेट्यो । अर्को जंगबहादुर पायो । एउटा महेन्द्र भेट्यो र अहिले देशले इमान्दार मान्छे दुर्गा प्रसाईं भेटेको छ । बिक्दैन दुर्गा प्रसाईं ।

राजसंस्था ल्याउन सबैसँग सहकार्य गर्न तयार रहेको बताउँदै प्रसाईंले सदन छाडेर आउने भए प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग पनि सहकार्य गर्न तयार रहेको बताए ।

राजसंस्थाको अन्त्य हुनुमा सबैभन्दा ठुलो दोष राप्रपा रहेको आरोप लगाउँदै प्रसाईंले २०७२ सालको संविधानमा कमल थापा र राजेन्द्र लिङ्देनले हस्ताक्षर नगरेको भए राजसंस्था र हिन्दुराष्ट्र देशमा अझै कायम रहने दाबी गरे । अहिले राजसंस्थाको पक्षमा वातावरण बन्दै गएपछि राप्रपाले धमिलो पानीमा माछा मार्न लागेको प्रसाईंको दाबी थियो ।

उनले भने, ‘गणतन्त्रमा जाने भोज खाने खड्गप्रसाद ओलीसँग फोन गर्ने, अनि माहौल बन्यो भने परिहाल्छ कि भनेर त्यो गर्ने ?’  

व्यवसायी समेत रहेका प्रसाईंले पूर्वराजा ज्ञानेन्द्रलाई धैर्य भएर जारी लडाइँमा सारथी बन्न आग्रह गर्दै त्यसका लागि आफू अर्जुनको भूमिकामा बाण चलाउन तयार रहेको बताए ।

प्रकाशित: २७ फाल्गुन २०८१ १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App