१२ श्रावण २०८१ शनिबार
image/svg+xml

अस्थिरताबीच एक वर्षमा पाँच खरब लगानी स्वीकृत

सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न समयसापेक्ष रूपमा ऐन, कानुन संशोधन गरेर वातावरणमा सुधार हुँदै गएपछि लगानीकर्तामा आकर्षण बढेको छ।

गण्डकीको आयोजना अवधारणा पत्र सार्वजनिक

गण्डकी प्रदेशको आयोजना अवधारणापत्र सार्वजनिक गरिएको छ। गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयार गरेको आयोजना अवधारणा पत्र विहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक गरेका हुन्।

एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन

सम्बन्धित प्रदेशका ‘इन्चार्ज’लाई नेताहरूको सक्षमता र योगदानका आधारमा नाम सिफारिस गरी केन्द्रमा पठाउन पार्टीले निर्देशन दिएको थियो।

झुटा आश्वासन दिएर विदेश पठाउने ५८४ म्यानपावरको कारोबार रोक्का (सूचीसहित)

वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ।

गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङ्जालाई

घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङ्जाले हात पारेको छ। उपाधिसंगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्याङजा र कास्की भिड्ने

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्याङ्जाले स्थान पक्का गरेको छ। स्याङ्जा समुह ‘बी’ को खेलमा अपराजित रहँदै ६ अंक बटुलेर फाइनलमा स्थान पक्का गरेको हो। बिहिबार हुने फाइनलमा स्याङजाले घरेलु टोली कास्कीको सामना गर्नेछ। कास्कीले यसअघि नै समुह ‘ए’बाट फाइनलमा स्थान पक्का गरिसकेको थियो।

गण्डकी प्रदेशः ४५ प्रतिशत बजेट खर्च

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा ४५ प्रतिशत मात्रै खर्च भएको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ अन्तर्गत गत साउनदेखि असार मसान्त सम्ममा ४५.४८ प्रतिशत मात्र बजेट खर्च गरेको हो।

गण्डकीको पर्यटन क्षेत्रः ७५ हजारलाई प्रत्यक्ष रोजगारी

गण्डकी प्रदेशमा पर्यटन क्षेत्रले मात्र ७५ हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको अनुमान गरिएको छ। कोरोना भाइरस संक्रमणले गर्दा अघिल्ला केहीवर्ष पर्यटन क्षेत्रमा काम गर्नेको संख्यामा कमी आएपनि अहिले पुन पहिलेकै आकारमा रोजगारी सिर्जना भईसकेको अध्ययनकर्ताको भनाई छ।

प्रदेशस्तरीय पुरुष क्रिकेटः आफ्नालाई समेट्न सिनियरलाई बाइपास

पोखरामा शुक्रबारदेखि प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ। गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगितामा गण्डकी प्रदेशका आठवटा जिल्लाका टिमले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा कास्की जिल्लाले पनि सहभागिता जनाउँदैछ। तर प्रतियोगितामा सहभागिताबारे कास्की जिल्ला क्रिकेट संघ (क्यान) बेखबर छ।

मनाङेलाई भौतिक र फणिन्द्रलाई उर्जा मन्त्रालय

गण्डकी प्रदेशमा मन्त्रीपरिषद बिस्तार भएको छ। विश्वासको मत पाएको भोलिपल्टै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीपरिषद बिस्तार गरेका हुन्।

विश्वासको मत लिने मिति सार्न मुख्यमन्त्री यादवले प्रदेशसभामा पठाए पत्र

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज लिने भनिएको विश्वासको मत २८ गते सार्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको छ।

राजनीतिक अस्थिरता मुलुकको विकासका लागि घातक छ:मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो राजनीतिक अस्थिरता मुलुकको विकास र जनताका लागि घातक बनिरहेको बताएका छन्।

लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु

लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु रहेको पाइएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आज बुझाइएको महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ अनुसार त्यस्तो पाइएको हो ।

वैदेशिक ऋण लिएर सङ्घीयता धान्ने कुरा गलत छ: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको टिप्पणी गरेका छन् ।

प्रदेशहरूमा भूगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्छः सांसद महतो

जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले प्रदेशहरुमा भुगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्