२५ पुस २०८१ बिहीबार
image/svg+xml

प्रवक्ताबाट राईको राजीनामाः एन्फाभित्र गलत नजिर बसाउन लागेको आरोप

‘पदमा रहेर संस्थाले गरेका गतिविधिलाई आलोचना गर्नु ठीक लागेन। स्वतन्त्रपूर्वक विचार राख्नुपर्ने भएकाले राजीनामा गरेको हुँ।’

उपकुलपति सिंहको राजीनामा माग

प्रजातन्त्रवादी प्रध्यापक संघ मध्यपश्चिम विश्वविद्यालयले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजीनामा माग गरेको छ।

एन्फाको आकस्मिक बैठक शुक्रबार: प्रशिक्षकको राजीनामा घोषणा प्रकरणमा छलफल

प्रशिक्षक अब्दुल्लाहले आइतबार सामाजिक सन्जालमा एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले विगत तीन सातादेखि आफ्नो काममा अवरोध गरेको आरोप लगाउँदै राजीनामा बुझाउन जान लागेको उल्लेख गरेका थिए। यद्यपि उनले एन्फामा राजीनामा भने बुझाइसकेका छैनन्।

फुटबल प्रशिक्षकको राजीनामा घोषणा विवादमा

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने अल्मुताइरी पदमै रहेको र उनी साफ च्याम्पियनसिपसम्म राष्ट्रिय टोलीसँगै रहने बताए।

भीम रावलले राजीनामा फिर्ता लिए

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए। आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन्।

क्रियाशीललाई लिएर अमरेशको सांसद पदबाट राजीनामा

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवालाई बुधबार साँझ भेटी संगठन समायोजन र नयाँ वितरणको नाममा जताभावि सदस्यता वितरण नरोकिएको भन्दै सांसद पदबाट राजीनामा गरेको पत्र बुझाएका हुन्।

महान्यायधिवक्ता बडालले दिए राजीनामा

सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुने भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाएका हुन्।

बुटवलमा शिक्षा मन्त्रीको पुत्ला दहन

शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा माग गर्दै सोमबार बुटवलमा उनको पुत्ला दहन गरीएको छ।

सरकारमा सहभागी तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी तीन जना मन्त्रीहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ।

'विश्वास' जित्न डराएका बहुमतका मुख्यमन्त्री

मुख्यमन्त्रीको दाबीअनुसार त अहिले उहाँ बहुमतमा हुनुहुन्छ, उहाँसँग ४२ मत छ। तर कर्णालीको घटना (फ्लोर क्रस)ले मुख्यमन्त्रीको सातो खाइदिएको छ।

ओलीको सन्देशले रोक्यो राजीनामा

सांसद पदबाट सामूहिक राजीनामा दिने तयारीमा रहेको नेकपा एमाले नेपाल समूह सोमबार बिहान एकाएक राजीनामा नदिने बरु संसद् बैठकमा अनुपस्थित हुने निर्णयमा पुग्यो।

सामूहिक राजीनामा दिएर अपराध नगर्न प्रधानमन्त्री ओलीको आग्रह (विज्ञप्तिसहित)

आइतबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) अध्यक्षको नाताले प्रेस विज्ञप्ति जारी गर्दै माधव समूहलाई सामूहिक राजीनामा दिए त्यसले पार्टीको मात्र नभएर देशकै लागि समेत राम्रो नहुने भन्दै सामूहिक राजीनामा नगर्न आग्रह गरेका हुन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्।

संसद् छल्न राजीनामा र पुनर्नियुक्तिको नाटक

मुख्यमन्त्रीले राजीनामा गरेर आइतबार एमालेका तर्फबाट ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइएपछि एमालेकै केही सांसदले त्यसको प्रतिवाद गरे। दाङबाट उपनिर्वाचन जितेकी विमला खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमा लागेको र आफ्नो हस्ताक्षर एमालेले दुरुपयोग गरेको पत्रकार सम्मेलन गरेर जानकारी गराइन्।

तीन मन्त्रीको राजीनामा स्वीकृत

मुख्यमन्त्री शाही नेतृत्वको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रालय, दल रावलले सामाजिक विकास मन्त्रालय र नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्