मिथिलाको लोकसंस्कृतिमा अरिपनको महत्त्व गहिरो छ। अरिपन विशेष गरी शुभ अवसरहरूमा बनाइन्छ। यो चामलको पिठो पानीमा मिसाएर बनाइन्छ र यसलाई रंग्याउन बेसार र सिन्दूर प्रयोग गरिन्छ।
अरिपन मिथिला कलाको एक रूप हो, जुन मुख्यतया मिथिला क्षेत्र (विहार मधेस लगायत) मा प्रचलित छ। आँगन, भुइँ र भित्ताहरूमा अरिपन चित्रकला सिर्जना गर्ने परम्परा मिथिलामा लामो समयदेखि चलिआएको परम्परा हो। विभिन्न उत्सव र चाडपर्वहरूका लागि विभिन्न प्रकारका अरिपनहरू बनाइन्छ। वेद र पुराणहरूमा अरिपनको उल्लेख छ।
महिलाहरू अरिपन बनाउने कलाबाट पछिल्लो समय टाढिँदै गए पनि गाउँ र सहरका केही ठाउँमा अझै जीवन्त छ। स्वस्तिक अरिपनको परम्परा वैदिक कालदेखि नै रहेको मानिन्छ। अरिपन वेदहरूमा सर्वतोभद्रको नामबाट आएको हो। प्राचीन समयमा ४१ वटा स्वस्तिकलाई एकसाथ जोडेर अरिपन बनाइन्थ्यो।
यसमा भगवान् विष्णुका चार हातको चित्रण गरिएको थियो। गरुड पुराणमा तुलसीको नजिकै अरिपन बनाउने उल्लेख छ। पुराणका अनुसार तुलसीको बोटबाट निस्कने स्वास्थ्यवर्धक वायुका कारण यो तुलसीमुनि बनाउने गरिन्छ। किंवदन्तीअनुसार यो तुलसीको बोटमुनि बनाइन्छ किनभने यसले स्वस्थवर्धक वायु निकाल्छ। आज पनि अरिपन तुलसीको नजिकै बनाइन्छ।
अरिपनका प्रकारहरू
अरिपनका धेरै प्रकारहरू छन्। प्रत्येकलाई फरक फरक अवसरका लागि फरक फरक तरिकाले तयार पारिन्छ। छठियार पूजा (नवजात शिशुको छैटौं दिनमा गरिने पूजा), मुण्डन, कर्ण छेदन, यज्ञोपवीत संस्कार, विवाह र द्वादशाका लागि विभिन्न अरिपन बनाइन्छ।
तलुसी अरिपन
यो अरिपन मकर संक्रान्ति र फागुन संक्रान्तिमा मनाइने तुषारी पूजाको शुभ अवसरमा बनाइन्छ। अविवाहित मैथिली केटीहरूले असल पतिका लागि प्रार्थना गर्न तुसारी पूजा गर्छिन्। यस अवसरमा तुसारीको अरिपन बनाउँछिन् । एउटा मन्दिरमा चन्द्रमा, सूर्य र नवग्रह बनाइन्छ साथै दिशाहरूलाई पनि दर्साउने गरिन्छ।
साँझ अरिपन
यो अरिपन सन्ध्या देवी (साँझकी देवी) को सम्मानमा बनाउने गरिन्छ।
षष्ठी अरिपन
जब अविवाहित महिलाहरू यौवनावस्थामा पुग्छन्, षष्ठी पूजा गरिन्छ। यस अवसरमा यो अरिपन तयार पारिन्छ र षष्ठी देवीलाई पूजा गरिन्छ।
कोजागरा अरिपन
परम्परागत रूपमा आश्विन महिनाको पूर्णिमाको दिन मखनाको पातमा यो अरिपन बनाइन्छ। यो अरिपन नवविवाहित केटाको घरमा यो अरिपन तयार गरिन्छ। त्यसपछि चुमावन समारोह (विवाह समारोहसँग जोडिएको विधि) हुन्छ।
दिवाली अरिपन
दिवालीमा सामान्यतया जताततै रंगोली बनाइन्छ। यद्यपि मिथिला क्षेत्रमा यसलाई सुखरत्न अरिपन भनेर चिनिन्छ। यो घरमा देवी लक्ष्मीलाई स्वागत गर्न बनाइन्छ।
स्वस्तिक अरिपन
यो सबैभन्दा पुरानो अरिपन हो। यो युवापुस्तालाई आशीर्वाद दिन तयार पारिन्छ र हरेक शुभ अवसरमा बनाइन्छ।
पञ्चदल अरिपन
यो शक्ति पूजाको समयमा बनाइन्छ। यसले पाँचपत्रे कमललाई चित्रण गर्छ।
सप्तदल अरिपन
सातपत्रे कमल मिलेर बनेको यो अरिपन सप्तर्षिहरूलाई समर्पित गरिन्छ।
अष्टदल अरिपन
देव पूजा, सत्यनारायण पूजा र देवउत्थान एकादशीको समयमा अष्टदल अर्पन बनाइन्छ। यस अरिपनका आठ पँखेटा आठ हातधारी विष्णुको प्रतीक हुन्।
यसबाहेक अरिपनमा मानिस, चराचुरुंगी, जनावर, रुख, पात, फूल, तान्त्रिक प्रतीक, यन्त्र, नवग्रह, सूर्य–चन्द्र, देवता–देवीहरू, बत्ती, नदी–पर्वत आदि जस्ता चित्रहरू बनाइन्छ।
मिथिला संस्कृतिमा अरिपनको विशिष्ट स्थान छ। अरिपन तन्त्रले उत्पन्न, व्रत–अनुष्ठान, सामाजिक संस्कार, पारिवारिक समारोह, शुभ अवसरसँग जोडिएको छ। यो मिथिलाको प्राचीन सांस्कृतिक परम्परा र मौलिक लोककला हो।
अरिपनको प्राचीनताको सन्दर्भमा लगभग पाँच हजार वर्षपूर्वको सिन्धु घाँटी–सभ्यताको पुरावशेष, मुद्रामा पूर्ण विकसित प्रतीकका रूपमा पाइन्छ। मिथिला कलाको ‘अरिपन’ पुरातन नारीको ब्रह्माण्डोत्पतिसँग सम्बन्धित अवबोधको जीवित दस्ताबेज हो।
यो ज्यामितीय माध्यमले अभिव्यक्ति गरिने एउटा अवाचिक पद्धति हो। यो अपरिमित दैवी समाजसम्मको यात्राको लौकिक पथ हो। यसमा वृत, अर्धवृत, कुण्डली, कचनी, त्रिभुज, चतुर्भुज, षट्कोण, अष्टकोण र नक्षत्र, वृक्ष–लतादि, जलाशय, जीवजन्तु, विभिन्न दलको संख्या भएको कमल–दलले निर्मित एउटा छुट्टै संसारको रचना गरिन्छ।
प्रकाशित: २७ मंसिर २०८२ ०७:५६ शनिबार





