भारतीय अध्यागमनले एनओसी खोज्दा नेपालीलाई अप्ठेरो
भारत हुँदै विभिन्न नौ मुलुक जाने नेपालीलाई नो अब्जेक्सन सर्टिफिकेट ‐एनओसी) अनिवार्य गरिएकोमा भारतीय अध्यागमनले जुनसुकै मुलुक जान चाहने नेपालीसँग पनि उक्त पत्र माग्न थालेको छ।
भारत हुँदै विभिन्न नौ मुलुक जाने नेपालीलाई नो अब्जेक्सन सर्टिफिकेट ‐एनओसी) अनिवार्य गरिएकोमा भारतीय अध्यागमनले जुनसुकै मुलुक जान चाहने नेपालीसँग पनि उक्त पत्र माग्न थालेको छ।
विराटनगर नाकामा मंसिर भित्रै अध्यागमन कार्यालय सञ्चालनको तयारी थालिएको छ। विराटनगर नाकामा मंसिर भित्रै अध्यागमन कार्यालय सञ्चालनको तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।
गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका कामकारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन्। शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको अनुगमनपछि कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी नेपाल प्रवेश गर्दा पहिलोपटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको टिप्पणी गरे।
आप्रवासी कानुनका ज्ञाता कानुन व्यवसायी डिल्ली भट्टले अमेरिकी सरकारको पछिल्लो समय परिवर्तन भइरहेको अध्यागमन नीतिका बारेमा नेपाली समुदायलाई जानकारी गराएका छन्।
सरकारले प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) केदारनाथ शर्मालाई सरुवा गरी रामप्रसाद आचार्यलाई ल्याएको छ।
पूर्वी भारतीय सीमा पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी ‘पोजिटिभ’ देखिएका छन्। स्थलगत निरीक्षण गर्न शनिबार पशुपतिनगर नै आएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे माथिल्लो निकायमा पहल गर्ने आश्वासन दिएका हुन्।
जापानस्थित जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन आएका काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेललाई जापान अध्यागमनले फिर्ता पठाइदिएको छ। टोकियोस्थित हानेदा अन्तरार्ष्ट्रिय विमानस्थलस्थित अध्यामगनले २० घन्टासम्म नियन्त्रणमा लिएर उनलाई फर्काइदिएको हो। नेपाली जनसम्पर्क समिति जापानले आज आइतबारका दिन 'राष्ट्रिय एकता तथा आर्थिक समृद्धिमा प्रवासको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रम राखेको थियो।
सरकारले अध्यागमन कानुनविपरीत विभिन्न आवरण र भेषमा नेपालमा बसिरहेका अवैध विदेशीको खोजी थालेको छ। गृह मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा अध्यागमन अनुमतिबिना विभिन्न पेसा तथा व्यवसायमा संलग्न विदेशी नागरिक खोज्ने भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ।
पहाडी जिल्लामा भएर पनि बर्सेनि लक्ष्यभन्दा राजस्वदर बढाइरहेको पूर्वी भारतीय सीमाको पशुपतिनगर भन्सार र अध्यागमन खुलाउन जिल्लाबासीले दबाब दिएका छन्। स्थानीय नेपाली तथा भारतीय सर्वसाधारणले समेत यो नाका खुलाउन नागरिकस्तरबाट प्रभावकारी पहल थाल्ने अठोट गरेका हुन्।
'विमानस्थलमा तपाइँका कर्मचारी खुलेआम दलाली गर्छन्। सबैभन्दा ठूलो मानव तस्कर अध्यागमन कर्मचारी हुन्। सरकारी कर्मचारी तस्करीमा संलग्न नहुने हो भने यहाँ कोही नेपाली अलपत्र पर्दैन।'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी र अध्यामगन कर्मचारीलाई घुस खुवाएर दलालले भिजिट भिषामा ल्याएका १० नेपाली दुबईमा अलपत्र परेका छन्। दलाललाई प्रतिव्यक्ति ३ लाख ५० हजार रुपैयाँ बुझाएर आएका उनीहरुका अनुसार त्रिभुवन विमानस्थल प्रहरी तथा अध्यागमन कर्मचारीको मिलेमतोमा उनीहरु दुबई आएका हुन्।
मुस्ताङ र मनाङकाअर्ध–निषेधित क्षेत्रघुम्न जाँदाविदेशीपर्यटकले प्रवेश अनुमतिशुल्कअमेरिकी डलरमै बुझाउनुपर्ने बाध्यकारी नियमले झन्झट हुने गरेको छ। अमेरिकीडलरमामात्रशुल्कतिर्नुपर्दा डलर अभावहुँदाको बखतसमस्या पर्ने गरेको पर्यटन व्यवसायीको गुनासो छ।
पूर्वी भारतीय सीमा पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापनाका लागि दुवै देशका अधिकारीबीच बैठक भएको छ। केही दिनअघि भारतको दार्जिलिङस्थित सुकियापोखरीमा सम्पन्न बैठकले अध्यागमन र भन्सार कार्यालयको सेवालगायतबारे विभिन्न ३ बुँदे सहमतिसमेत गरेको छ।